शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सुपरहिट ६ फिल्म, जसमा थिए बलिउड र साउथ सुपरस्टार एकसाथ

बुधबार, ०९ असार २०७८, १९ : ०१
बुधबार, ०९ असार २०७८

बलिउडकी चर्चित अभिनेत्री आलिया भट्ट छिट्टै एसएस राजमौलीको निर्देशन रहेको फिल्म ‘आरआरआर’ मा साउथका चर्चित स्टारको साथ देखिँदैछिन् । फिल्ममा आलियाको अलवा अजय देवगन, रामचरण र जुनियर एनटीआर पनि मुख्य भूमिकामा छन् । हुन त यस अगाडि पनि कयौं बलिउड स्टार साउथ स्टारसँग स्क्रिन शेयर गरेर बक्स अफिसमा तहल्का मच्चाएका छन् । बलिउड र साउथ स्टारको सहकार्य रहेको ६ फिल्म । जसको चर्चा यहाँ गर्न खोजिएको छ ।

२.० :


२०१८ को फिल्म ‘२.०’ मा अक्षय कुमार साथ अभिनेता रजनीकान्त एकसाथ देखिएका थिए । फिल्ममा रजनीकान्त रोबोट चिट्ठीको रोलमा थिए भने अक्षयले नेगेटिभ भुमिका निर्वाह गरेर सबैको मन जित्न सफल भएका थिए । एस रन्जनको निर्देशन रहेको फिल्मले ६५५ देखि ८०० करोड कमाएको बताइन्छ ।

‘आलावन्धन’ :

२००१ को साइक्लोजिकल फिल्म ‘आलावन्धन’ मा रविना टन्डन र कमल हसनले पहिलोपटक स्क्रिन शेयर गरेका थिए । फिल्ममा रविनाले तेजस्विनी र कमलले आर्मीको मेजर विजय र उनका पागल भाई नन्दुका डबल रोल निभाएका थिए । फिल्म हिट सावित भएको थियो ।

हम :


१९९१ को मल्टिस्टार फिल्म ‘हम’ निक्कै हिट भएको थियो । फिल्ममा अमिताभ बच्चन, गोविन्दा र रजनीकान्त तीन भाइको भूमिकामा थिए । तीनको एकता दर्शकले निकै रुचाएका थिए ।

लिंगा :

२०१४ मा निर्मित फिल्म ‘लिंगा’ मा अभिनेत्री सोनाक्षी सिन्हाले रजनीकान्तका साथ यो फिल्म मार्फत तमिल डेब्यु गरेकी थिइन् । फिल्ममा दुई अलग जेनरेशको कथा रहेको थियो । फिल्ममा अनुष्का शेट्टी पनि मुख्य भूमिका रहेको थियो ।

रांझणा :


२०१३ मा रिलिज ‘रांझणा’ एक हिट फिल्म हो । कपुर र धनुषको मुख्य भूमिका रहेको फिल्मले ९५ करोड बक्स अफिसमा कलेक्सन गरेको थियो । फिल्म अभिनयबाट सोनम कपुर र धनुषले निकै तारिफ पाएका थिए । फिल्ममा अजय देओल र स्वरा भास्कर पनि मुख्य भूमिकामा थिए ।

शमिताभ :

आर बाल्कीको निर्देशन रहेको फिल्ममा बलिउडका अभिनेता अमिताभ बच्चन र धनुष एकसाथ देखिएका थिए । फिल्ममा अभिनेता बन्न चाहने एक लाटो ब्यक्तिको कथा समेटिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप