शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेप्सेमा पुनः ५१.६५ अंकको गिरावट, कारोबार रकम पनि ८ अर्बमा खुम्चियो

बुधबार, ०९ असार २०७८, १७ : १९
बुधबार, ०९ असार २०७८

सेयर बजार परिसूचक नेप्सेमा पुनः ५१.६५ अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज बुधबार नेप्से परिसूचक ५१.६५ अंकले घटेर २८६२.१८ विन्दुमा झरेको हो । 

जबकी गत मंगलबार मात्र करिब हप्ता दिन लामो गिरावट पछि करिब ७९ अंकको वृद्धि हुँदै सेयर बजार २९१३.२९ मा उक्लिएको थियो । तर, बुधबार पुन सेयर बजार ५१ अंक माथिले गिरावट आएको छ । 
त्यसो त यस दिन नेप्से परिसूचकमा उच्च अंकको गिरावट आइरहँदा यता कारोबार रकममा समेत निकै ठूलो संकुचन आएको छ । 

नेप्सेका अनुसार आज कुल २१८ कम्पनीका १ करोड ९४ लाख १७ हजार ५३२ कित्ता सेयर ९१ हजार ७५ पटक किनबेच हुँदा जम्मा ८ अर्ब ३६ करोड २६ लाख ७१ हजार ६८१ रुपैयाँको मात्र कारोबार भएको छ । गत मंगलबार १० अर्ब २८ करोड माथिको कारोबार भएको थियो ।

यस दिन नेप्सेमा सूचीकृत सबै समूहहरु ऋणात्मक भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप