मोरङमा छुट्टाछुट्टै घटनामा परेर २ जनाको मृत्यु
मोरङमा छुट्टाछुट्टै घटनामा परी २ जनाको मृत्यु भएको छ। करेन्ट लागेर र चट्याङ लागेर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । बिराटनगर १५ भट्टाचोकमा निर्माणाधिन बजरङवली मन्दिरमा काम गर्ने भारतीय मजदूरको करेन्ट लागेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा भारत जोगबनी हाजिमहला घर भई हाल विराटनगर १७ रानी बस्तीमा डेरा गरी बस्ने २५ बर्षीय तावारुल आलम रहेका छन् । आज दिउँसो १ बजे रड बान्ने तार काट्ने क्रममा तार काटने मेसिनबाट करेन्ट लागेर गम्भिर घाइते भएका आलमको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा दिउँसो साढे १ बजे मृत्यु भएको हो ।
त्यसैगरी मोरङको रंगेली नगरपालिका ६ मलङ्गथानस्थित पिठारीको रुखमुनि सितल छहारीमा गफ गरी बसिरहेको अवस्थामा अचानक चट्याङ्ग पर्दा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । आज दिउँसो साढे १ बजे परेको चट्याङबाट गम्भिर घाइते भएका सोही स्थानका २० वर्षीय नितेश रायको रंगेली अस्पतालमा पुर्याउना साथ मृत्यु भएको हो । सोही स्थानका ४५ वर्षीय अशोक मण्डल, १७ वर्षीय विजय मण्डल, २२ वर्षीय संगिता राय र २७ वर्षीय रविन मण्डल घाइते भएका हुन् । घाइतेहरुको रङेली अस्पतालमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आत्मकथा किताब बेचेर कारखाना सञ्चालन गर्दै महावीर पुन
-
म्याग्दीमा मगरात सभ्यताको अध्ययन अनुसन्धान गरिने
-
उपनिर्वाचनमा पैसा बाँड्नेलाई कारबाही हुन्छ : गृहमन्त्री लामिछाने
-
कम्युनिस्ट पार्टीमा आलोचनात्मक विचारलाई रोक लगाइयो : राम कार्की
-
सत्ताका लागि जे पनि गर्ने प्रवृत्तिले कम्युनिस्टप्रतिको विश्वास घट्यो : रावल
-
मुलुकलाई उकुसमुकुसबाट निकाल्नुपर्छ : महासचिव भुसाल