बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

रुपा सुनार प्रकरण : सरस्वती प्रधानको समर्थनमा सडक प्रर्दशन, छुटाउन मन्त्री नै पुगे (फोटो फिचर)

बुधबार, ०९ असार २०७८, १७ : ००
बुधबार, ०९ असार २०७८

बबरमहलकी स्थानीय सरस्वती प्रधानलाई रिहाइ गर्न माग गर्दै सडक प्रदर्शन भएको छ । बुधबार काठमाडौंको बबरमहलमा स्थानीय र नेवार समुदायका विभिन्न संघ संस्थामा आवद्ध व्यक्तिहरुले सडक प्रदर्शन गरेका हुन् । 

सञ्चारकर्मी समेत रहेकी रुपा सुनारले आफूलाई जातीयताका आधारमा कोठा भाडामा नदिएको आरोपमा उजुरी गरेपछि प्रहरीले बबरमहलकी घरधनी प्रधानलाई पक्राउ गरी मुद्दा चलाएको थियो ।

प्रधान निर्दोष रहेको र उनलाई फसाउन खोजेको भन्दै यल जातीय समाजका २० सदस्य समाजहरु, नेपा भाषा मंका खलः, नेवा दे दबु यल, नेवा ग्वाली पुचः लगायतका प्रतिनिधि र स्थानीय घरधनीले बिरोध गरेका हुन् ।

प्रदर्शनकारीले घरधनी प्रधानले जातीय विभेद गर्ने उद्देश्यले कोठा नदिएको बताउँदै आफ्नो घरमा बस्न आएको मान्छेको चालचलन, पेशा, व्यवसाय बुझ्न मात्र कुराकानी गरेको दावी गरेका छन् । घरसल्लाह नगरी कोठा दिन नसक्ने बताउँदैमा जातीय विभेद नभएको उनीहरुले बताएका छन् ।

सरस्वती रिहा, यथेष्ठ प्रमाण नपुगेको भन्दै भएन मुद्दा दर्ता

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जाहेरीकर्ता रुपा सुनारको यथेष्ट प्रमाण नभएको भन्दा मुद्धा फिर्ता गरेको छ । यथेष्ट प्रमाण नपुगेको भन्दै प्रहरी कार्यालयबाटै केस टुङ्गिएको अभियन्ता यादवलाल कायष्थले जानकारी दिए । कायस्थले रातोपाटीसँग भने–‘रुपा सुनारले जातीय विभेदको जुन आरोप लगाउनुभएको थियो, त्यसलाई प्रमाणित गर्ने तथ्य नभएपछि प्रहरीले फिर्ता लिएको छ । सरस्वती प्रधानले पनि कुटपिट गर्नुभएको छैन, गालीगलौज गर्नुभएको छैन् । आफ्नो निजी घरमा कसलाई बस्न दिने कसलाई नदिने त्यो उहाँको अधिकारको कुरा हो ।’

सुनारको जाहेरीपछि ३ दिन थुनामा बसेकी प्रधान रिहा भएर घर फर्केकी छिन् । उनलाई छुटाउन  शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ पनि पुगेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप