आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशक शर्मासहित तीनजना विरुद्ध भ्रष्टाचार मुद्दा, एक अर्ब ३३ लाख विगो दाबी
बुधबार, ०९ असार २०७८, २१ : ००
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मासहित तीनजना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगले एक अर्ब ३३ लाख २० हजार ३८५ रुपैयाँ विगोसहितको भ्रष्टाचार मुद्दा बुधबार दायर गरेको हो । आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार कर फर्छ्यौट आयोगको अध्यक्षका रुपमा लुम्बध्वज महत तथा सदस्यद्वय उमेशप्रसाद ढकाल र चुडामणि शर्मा ढकालले अधिकार क्षेत्रभन्दा बाहिर गइ करदातासँग कर फर्छ्यौट सम्झौता गरी राजस्व रकम चुहावट गरेको सम्बन्धमा मुद्दा दायर गरिएको हो ।
उनीहरुले एक अर्ब ३३ लाख २० हजार ३८५ रुपैयाँ वक्यौता कर छुट दिएको पुष्टि भएपछि उनीहरुविरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण