सुरक्षा परिषद बैठकमा अफगानिस्तानको पछिल्लो अवस्थाप्रति चीनको चासो
अफगानिस्तानमा जारी पछिल्ला हिंसात्मक घटनाप्रति चीनका वरिष्ट कुटनीतिज्ञले मंगलबार चासो व्यक्त गरेका छन् । उनले अफगानिस्तानमा देखा परेका समस्याको समाधानका लागि अन्तर्राष्ट्रिय समुदायले मद्दत गर्न आह्वान पनि गरे ।
अफगानिस्तानको वर्तमान परिस्थिति गम्भीर मोडमा पुगेको र अनिश्चितताको नयाँ चरणमा प्रवेश गरेको देखिएको छ । संयुक्तराज्य अमेरिका र नेटोले आगामी सेप्टेम्बर ११ अघि नै अफगानिस्तानमा तैनाथ सैनिक फिर्ता लैजाने घोषणा गरेसँगै परिस्थिति थप जटिल बनेको छ ।
‘अन्तर–अफगान मध्यस्थता वार्तामा प्रगति हुनुको साटो अझ जटिलता थपिएको छ । सुरक्षा अवस्थामा पनि निरन्तर खस्किँदो अवस्थामा छ भने आर्थिक तथा मानवीय अवस्था कमजोर हुँदै गएको छ’ राष्ट्रसंघका लागि चीनका स्थायी प्रतिनिधि झाङ जुनले बताए ।
सुरक्षा परिषद बैठकमा सम्बोधन गर्दै श्री झाङले भने, “चीनले यस अवस्थाका बारेमा गहिरो चासो व्यक्त गर्दछ । अफगानिस्तानको वर्तमान अवस्था सिर्जना भइरहेका कारणका बारेमा हामीले निकै ध्यानपूर्वक विचार गर्नु आवश्यक छ । अफगानिस्तानमा दिगो स्थायित्व हासिल गर्न सबै पक्षले ध्यान दिनु आवश्यक छ ।”
‘अफगानिस्तानको भविष्य अफगानी जनताकै हातमा छ र भावी राजनीतिक व्यवस्थाका बारेमा पनि स्वतन्त्रतापूर्वक निर्णय गर्ने अधिकार अफगानी जनतालाई नै दिनुपर्दछ’ उनले भने । अन्तर्राष्ट्रिय समुदायले अफगानी नेतृत्व र अफगानी जनताकै स्वामित्वको सिद्धान्तबाट अघि बढ्नुपर्ने बताउँदै उनले अफगानिस्तानमा शान्ति प्रक्रियालाई स्वच्छ र पारदर्शी रुपमा अगाडि बढाउनुपर्ने बताए ।
श्री झाङले अफगानिस्तानका सबै पक्षहरुले मुलुक र यसका जनताको चासोलाई ध्यानमा राख्नु पर्दछ भन्दै अफगानिस्तानको राष्ट्रिय अवस्थालाई सुहाउँदो शासकीय मोडेल र विकास मार्ग चुन्न सक्ने वातावरण बनाउनुपर्ने बताए ।
चीनले अफगानिस्तानमा शान्ति प्रक्रियामा मद्दत गर्न, मध्यस्थता गर्न र सहजीकरण गर्न निरन्तर मद्दत गरिरहने उनले बताए । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छ : अर्थमन्त्री पुन
-
मन्त्रिपरिषद् बैठकमा सहकारीको समस्याबारे गम्भीर छलफल
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
बीआरआई परियोजनाबारे बृहत गृहकार्यको आवश्यकता
-
बलिउडमा डेब्यू गर्दैछिन् अक्षयकुमारकी भान्जी सिमर