गुडिरहेको टिपरमा आगलागी
पूर्व पश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका–१० प्रयागपुरमा गुडिरहेको टिपरमा आज बिहान आफैं आगलागी हुँदा जलेर नष्ट भएको छ । इँटा लादेर पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना १ क ५५५१ नम्बरको टिपरमा अचानक आगलागी भएको प्रहरीले जनाएको छ । गुड्दै गरेको टिपरमा आगलागी भएपछि चालकले हामफालेर ज्यान जोगाएको स्थानीयवासीले बताएका छन् ।
समयमा आगो निभाउन नसक्दा टिपर पूर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ । बीच सडकमै जलेको टिपर हटाउने र घटना विषयबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
दलित बस्तीमा सोलार बत्ती
सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाले बिजुली बत्ती नपुगेको विपन्न दलित बस्तीमा सोलार बत्ती र जीविकोपार्जनका लागि हाँस वितरण गरेको छ । गाउँपालिकाका अध्यक्ष केदारनाथ यादवले १४ दलित परिवारलाई एक थान सोलार प्यानल, ८० एम्पियरको ब्याट्री, तार, होल्डर, स्विचलगायत सामग्री हस्तान्तरण गरे ।
यस्तै वडा नं २ पटना सोठियाइनका २५ र वडा नं ३ पोर्ताहाका २५ दलित परिवारलाई जीविकोपार्जनका लागि गाउँपालिकाले हाँस पालन गर्न खोर र हाँसको दानासमेत वितरण गरेको छ । आर्थिक रुपमा विपन्न मुसहर समुदायको आर्थिक अवस्था उकास्नका लागि विभिन्न सीपमूलक तालिमसँगै आयआर्जन गर्न हाँस, कुखुरालगायत वितरण गरिएको गाउँपालिकाका अध्यक्ष यादवले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली विद्यार्थीलाई चीनमा सरकारी छात्रवृत्तिको अवसर, खुल्यो दरखास्त
-
१२ बजे, १२ समाचार : सभामुखलाई चिठी पुग्नासाथ रविको सांसदपद निलम्बनदेखि डीपी अर्याल कार्यवाहक सभापतिसम्म
-
एकपछि अर्को कार्यवाहकको अभ्यासमा रास्वपा !
-
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
-
बागमतीमा सर्वदलीय बैठक : विकास योजना कार्यान्वयन गर्न सरकारलाई आग्रह
-
सरकारी वकिल कार्यालय फौजदारी न्याय प्रणालीको मेरुदण्ड हो : प्रधानन्यायाधीश राउत