शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रोल्पामा पहिरोः घाइतेले उपचार पाएनन्

बुधबार, ०९ असार २०७८, १२ : ४२
बुधबार, ०९ असार २०७८

   गएराती रोल्पामा पहिरोले पुरिएर मृत्यु भएका ३ जनाको मृत्यु भएपछि सदरमुकामबाट साढे चार घण्टामा हिँडेर पुगेका त्यहाँका प्रहरी प्रमुखले आफू घटना स्थलमा आइपुगे पनि गम्भीर घाइते एक जनालाई अस्पताल लैजान  हेलिकोप्टरको आवश्यकता रहेको बताएका छन् ।

  घटनास्थल  रोल्पा नगरपालिका भित्रकै हो । तर त्यस नगरपालिका वडा नम्वर  –९ को होमा  गाउँसम्म  सवारी साधन जान सक्ने अवस्था नभएपछि प्रहरीको टोली हिडेर त्यहाँ पुगेको हो । ‘म सहित १५ जना प्रहरीको टोली सदरमुकामबाट राती चार बजेको समयमा  उकालो हिडेर साढे चार घण्टामा  अहिले घटना स्थलमा आएका छौ   ।  टिका सिंह बुढा मगरका परिवारका तिन जनाको मृत्यु भएको छ ।  तिन जना घाईते मध्ये एक जना सिरियस् छन् ’– प्रहरी प्रमुख डिएसपी नरेशराज सुवेदीले भने, ‘हेलिकप्टर विना शव सदरमुकाम लैजाने र गम्भीर घाईतेलाई अस्पताल पुराउन सक्ने अवस्था छैन । ’

   उनका अनुसार घरधनी  ४० बर्षीय टिका सिंहको  स्वास्थ्य अवस्था गम्भीर छ ।  उनकी  आमा ८६ बर्षीया करमिता  बुढा मगर, १८ बर्षीया बुहारी सुशिला र १५ बर्षीया छोरी श्यामकलाको मृत्यु भएको हो ।  बुढा मगरकी श्रीति सुनमाया र ९ बर्षीय  छोरा शक्तिमान घाइते छन् । बुढामगरकी मृतक आमाका श्रीमानको ३८ बर्ष अघि नै मृत्यु भएको थियो । मृतक बुहारीका श्रीमान मुस्ताङ्ग तर्फ मजदुरी गर्न गएको  रोल्पाका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक कृष्ण रानाले जानकारी दिए ।

  उनका अनुसार घटना स्थल सदरमुकामबाट करिव २० किलो मिटरदुरी उत्तर पश्चिममा पर्दछ । हेलकप्टर मगाउनका लागि प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले पहल थालेको बताइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप