रोल्पामा पहिरोले घर बगाउँदा एकै परिवारका तीनको मृत्यु
बुधबार, ०९ असार २०७८, १० : ३९
रोल्पामा पहिरोले घर बगाउँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । रोल्पा नगरपालिका –९ होमा भन्ने गाउँका टिका सिंह बुढा मगरको गएराति पहिरोले घर बगाउँदा तीन जनाको ज्यान गएको हो ।
रोल्पा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक कृष्ण रानाका अनुसार गएराति १२ बजेको समयमा अविरल वर्षासँगै आएको पहिरोले बुढामगरकी आमा ८६ बर्षीया करती बुढामगर , १८ बर्षीया बुहारी सुशीला बुढा मगर र १५ बर्षीया छोरी श्यामकला बुढामगरको पहिरोमा पुरिएर ज्यान गएको हो ।
घटनास्थलमा जिल्ला प्रहरी प्रमुख डिएसपी नरेश राज सुवेदी सहितको टोली जाँदै गरेको प्रवक्ता रानाले बताए । ६ जनाको परिवार रहेको बुढा मगर आफू, उनकी श्रीमती र छोरा भने बाँच्न सफल भएको प्रहरी निरीक्षक रानाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘दर्शन सलाम’का साहिमा र डेबिट उत्कृष्ट
-
अभ्यास खेलमा भोलक्यानोजसँग नेपाल ६७ रनले पराजित
-
नदीजन्य पदार्थको ठेक्का अधिकार स्थानीय तहबाट खोसेर वन कार्यालयलाई दिने तयारी
-
दोदा बगरमा सागसब्जी फलाएर आकर्षक आम्दानी गर्दै पाँच सय किसान
-
फेवातालको मापदण्ड घटाउन जग्गाधनीले दिए सर्वोच्चमा रिट
-
पोखरा महानगरलाई लेखा समितिको निर्देशन: बेरुजु नतिर्नेको तीनपुस्ते सार्वजनिक गर