मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

जिल्लामा ६० प्रतिशत रोपाई सकियो

बुधबार, ०९ असार २०७८, ०९ : २१
बुधबार, ०९ असार २०७८

परासी । नवलपरासीमा हालसम्म ६० प्रतिशत धान रोपाई सकिएको छ । धान रोपाइँको सिजनमा कृषकहरु समय समयमा बर्षाका पानी र गण्डक नहरमा पानी पाएपछि यतिबेला धान रोपाईमा व्यस्त भएका छन् । लकडाउनको समयमा किसानहरू सबै धानखेतीलाई प्राथमिकतामा राखी धान रोप्न व्यस्त छन् ।

जिल्लामा कुल २१ हजार ५५२ हेक्टर क्षेत्रफलमा धान खेती हुदै आएको छ । जिल्लामा राधा, सावित्री, रामधान, साँभा, सोना मसुली, काभेरी,प्रसन्ना लगायत हाईब्रिड जातका धान खेती हुदै आएको छ । नेपाल सरकारले १२८ प्रजातीको धान सुचीकृत गरेको छ तर किसानहरू बढि उत्पादन लिन भारतीय हाईब्रिडका धानहरु लगाउने गरेको पाइएको छ ।

कृषि ज्ञान केन्द्रले जिल्ला धान उत्पादन बढाउन धान ब्लक र धान प्रवद्र्धन कार्यक्रमहरु गर्दै आएको छ । खेतीका लागि सुहाउँदो माटो, प्राविधिक सहयोग र परामर्श समेत गर्दै आएको केन्द्र प्रमुख दिवेश कुमार मिश्राले जानकारी दिए ।

 प्रमुख मिश्राले भने, अहिले जिल्लामा ६० प्रतिशत धान रोपाई सकिएको छ र असार २० गते भित्रसम्ममा करिब सम्पुर्ण खेतको रोपाई सकिने अनुमान गरिएको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप