नेपाल टेलिकमको मोबाइल सेवा अवरुद्ध
बुधबार, ०९ असार २०७८, ०८ : ४३
नेपाल टेलिकमको मोबाइल सेवा देशभर अवरुद्ध बनेको छ । सेवाग्राहीहरुले प्रिपेड र पोस्टपेड मोबाइलबाट सम्पर्क प्रयास गर्दा सफल हुन नसकेको गुनासो गरिरहेका छन् ।
यस्तै मेसेज सेवा पनि अवरुद्ध रहेको छ । तर डाटा सेवा भने प्रभावित भएको छैन । बुधबार बिहानदेखि नै टेलिकमको नेटवर्कमा समस्या रहेको भएपनि बिहान साढे ८ बजेसम्म समस्या समाधान भएको छैन । न त के भएको हो भन्नेबारे टेलिकमले जानकारी नै दिएको छ ।
टेलिकमको ल्याण्ड लाइन सेवा भने पूर्ववत् अवस्थामै रहेको छ । नेपाल टेलिकमको सेवामा बेलाबेलामा समस्या आउने गरेको छ । टेलिकमकै उच्च अधिकारीले निजी टेलिकम सेवा प्रदायकलाई फाइदा पुग्नेगरी काम गर्ने गरेको आरोप समेत लाग्दै आएको छ ।
अपडेट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी मुद्राको भाउ केही 'तलमाथि', कसको कति ?
-
इटालीको युभेन्टसलाई झट्का
-
च्याम्पियन्स लिग : अंक दुरीमा बोरुसियाले बार्सिलोनालाई भेट्टायो
-
च्याम्पियन्स लिग : लिभरपुल शीर्ष स्थानमा उक्लियो, रियाल मड्रिड स्तब्ध
-
विश्लेषकहरु भन्छन्-लेबनान युद्धविराम मध्यपूर्वको समस्या समाधान होइन, राहत मात्रै
-
एलन मस्कको टेस्लाले स्मार्टफोन ल्याउन सक्ला ?