शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मोडरिक र पेरिसिक चम्किए, क्रोयशिया दोस्रो चरणमा

बुधबार, ०९ असार २०७८, ०७ : ५९
बुधबार, ०९ असार २०७८

स्कटल्यान्डविरुद्ध ३–१ को जित निकाल्दै क्रोयशियाले युरोकप फुटबलको अन्तिम १६ मा स्थान बनाएको छ । ग्लासगो शहरमा भएको यस खेल जित्नैपर्ने बाध्यता दुबै टोलीसामु थियो । निकाले भ्लासिकले खेलको १६ औं मिनेटमा क्रोयशियालाई अग्रता दिलाएपनि ४२ औं मिनेटमा म्याक ग्रेगोरले स्कटल्यान्डबाट बराबरी फर्किए । 

त्यसपछि ६२ मिनेटमा लुकास मोडरिकले गोल गर्दै खेललाई २–१ को अवस्थामा पु¥याए । ७७ औं मिनेटमा इभान पेरिसिकले गोल गर्दै क्रोयशियालाई ३–१ को अग्रता दिलाए । 
यस जीतसँगै ४ अंक बटुलेको क्रोयशिया समूह डिको उपविजेताका रुपमा दोस्रो चरण पुग्यो । 

समूह डिअन्तर्गत गए राति नै भएको अर्को खेलमा इङल्यान्डले चेक गणतन्त्रलाई १–० ले हरायो । इङल्यान्डका लागि रहिम स्टर्लिङले खेलको १२ औं मिनेटमा निर्णायक गोल गरे । आफ्नो सुरुवाती खेलमा क्रोयशियालाई १–० ले नै हराएको इङल्यान्ड दोस्रो खेलमा स्कटल्यान्डसँग बराबरीमा रोकिएको थियो । 

इङल्यान्डले ७ अंकसहित समूहमा शीर्ष स्थान हासिल ग-यो । क्रोयशिया र चेक गणतन्त्रको समान ४ अंक छ । यी दुबै टिमले समूह चरणमा बराबरी खेलेका थिए । गोलअन्तरका आधारमा क्रोयशिया दोस्रो भयो भने तेस्रो हुनका बाबजुद चेक गणतन्त्र पनि दोस्रो चरणमा पुग्यो ।

प्रत्येक समूहको तेस्रो स्थान रहने ६ टोलीमध्ये दुई टोली पहिलो चरणबाट बाहिरिने र उत्कृष्ट चार टोली अन्तिम १६ मा छनोट हुने प्रावधान छ । त्यही प्रावधानका कारण ४ अंक बटुलेको चेक गणतन्त्र अन्तिम १६ मा पुगेको हो । समूहमा एक अंकमात्रै बटुलेको स्कटल्यान्ड भने पहिलो चरणबाटै बाहिरिएको छ । 

    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप