अमेरिकालाई उत्तरकोरियाली नेता किमकी बहिनीको चेतावनी
उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनकी बहिनी किम यो जोङले आफ्नो देशका सर्वोच्च नेताले दिएको अभिव्यक्तिलाई गलत अर्थमा नबुझ्न अमेरिकालाई चेतावनी दिएकी छन् । जोङले अमेरिकाले किमको अभिव्यक्तिलाई गलत अर्थमा बुझे निराशा मात्र हात लाग्ने बताएकी छन् । उत्तर कोरियाको सत्ताधारी वर्कस पार्टीका वरिष्ठ नेतृ समेत रहेकी जोङले मंगलबार एक विज्ञप्ति जारी गर्दै भनेकी छन्- ‘अमेरिका उत्तर कोरियाले दिएका संकेतहरुको गलत अर्थ लगाइरहेको छ ।’ उत्तरकोरियाको आधिकारिक समाचार एजेन्सी केसीएनको रिपोर्ट अनुसार जोङले भनेकी छन्ः ‘यस्तो लाग्छ कि अमेरिकाले आफुलाई सान्त्वना दिइरहेको जस्तो गरी स्थितिको आङ्कलन गरिरहेको छ ।’
अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभनले उत्तर कोरियासँग वार्ता प्रक्रियालाई पुनः अगाडि बढाउने उद्देश्यका साथ आइतबार दक्षिण कोरियाका राष्ट्रपतिसँग छलफल गरेका थिए । सोही क्रममा उनले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले प्योङयाङमा दिएको भाषण चाखलाग्दो संकेत भएको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ