अफगान सेनाको कारबाहीमा १४ तालिबानीको मृत्यु

अफगान वायुसेनाको कारबाहीमा चौध जना तालिबानी लडाकुको मृत्यु भएको छ । रक्षा मन्त्रालयले सोमबार राति समानगान प्रान्तको फिरोज नाखचिर जिल्लामा गरिएको कारबाहीमा तालिबानी विद्रोही लडाकूहरु मारिएको पुष्टि गरेको छ । तालिबानी लडाकूहरु लुकेर बसेको भन्ने सूचनाका आधारमा सेनाले आक्रामक कारबाही गरेको बताएको छ ।
मन्त्रालयले तालिबान समूहको आश्रय स्थल, पाँच वटा क्षेप्यास्त्र, दुई वटा भारी बन्दुक तथा सात वटा राइफल पनि ध्वस्त बनाइएको जनाएको छ । तालिबान समूहले पछिल्ला केही समयदेखि सरकारी सुरक्षा फौजलाई लक्षित गरी देशैभर हिंसात्मक घटनाहरु बढाएका छन् । खासगरी अफगानिस्तानमा तैनाथ अमेरिकी र नेटो सैनिकहरु आगामी सेप्टेम्बर ११ अगावै स्वदेश फर्कन लागेसँगै तालिबानले देशव्यापी हिंसा मच्चाएको मानव अधिकारवादी समूहहरूले बताएका छन् ।
गत महिना मात्र तालिबानले देशका ४० भन्दा बढी जिल्लाहरु आफ्नो नियन्त्रणमा लिएका छन् । पछिल्लो घटनाका बारेमा तालिबान समूहले कुनै प्रतिक्रिया जनाएको छैन । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहीनदेखि कजरिया टायल्सको कारोबार रोक्कासम्म
-
सरकार र शिक्षकबिचको वार्ता निष्कर्षविहीन
-
१० बजे १० समाचार : शिक्षकको आन्दोलन र वार्ता सँगसँगै, कलाकारमाथि डिजिटल हिंसा
-
गर्मी छल्न लेकमा सार्न थालियो पशुगोठ
-
जागरण अभियानले जनतामा आशा जागेको छ : प्रचण्ड
-
कोलकाताले दियो २ सय ५ रनको लक्ष्य, अन्त्य होला दिल्लीमा जितको ८ वर्षको पर्खाइ ?