प्रधानमन्त्रीका सल्लाहकारको टिप्पणी- मन्त्री बनाउने, कार्यविधि र नियमावली बनाउने अधिकार अब सर्वोच्चकै हो र ?
प्रधानमन्त्रीका एक सल्लाहकारले सर्वोच्च अदालतले मंगलबार २१ मन्त्री पदमुक्त गर्ने आदेशप्रति आपत्ति जनाएका छन् । प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले मन्त्री बनाउने,कार्यविधि र नियमावली बनाउने अधिकार अब सर्वोच्चकै हो र भन्दै प्रश्न गरेका छन् ।
ट्वीटरमा उनले लेखेका छन्, ‘प्रचण्डले हिजो गरेको भाषण र सर्वोच्चको आजको फैसलामा हुबहु ? माधव–रावलका वक्तव्य र भाषण श्रीमान राउतको फैसलामा हुबहु ? यो के भएछ ?’ उनले अगाडि थपेका छन्, ‘देउवालाई २०७४ अधिकार थियो, अहिले ओलीलाई छैन ? प्रतिष्ठा कायम रहोस्, बस ! मन्त्री बनाउने,कार्यविधि र नियमावली बनाउने अधिकार अब सर्वोच्चकै हो र ?’
आजै प्रधानमन्त्री ओलीले पदमुक्त भएका मन्त्रीहरुसँग पनि बालुवाटारमा छलफल गरेका छन् । छलफलका क्रममा प्रधानमन्त्री ओलीले सर्वोच्चको फैसला मान्नुपर्ने भएपनि संविधान र कार्यक्षेत्र मिचेर आदेश आएको गुनासो गरेको एक मन्त्रीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्रचण्ड भोलि काठमाडौँ फर्किने
-
पुँजीगत खर्चमा सुस्तता कायमै, असारमा मात्रै ८ अर्ब खर्चको अनुमान
-
असार ७ गतेसम्म तिब्बत क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना, तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
-
प्राधिकरणका प्रमुखले गरे सिनामंगलस्थित विपद् उद्धार कार्यालयको निरीक्षण
-
एमाले नेतृत्वको सामर्थ्यमा प्रश्न छैन तर कार्यकर्तामा उत्साहको कमी देखिन्छ : उपाध्यक्ष पौडेल
-
रातोपाटी खुलामञ्च