बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा नोकिया जी २० र जी १० सार्वजनिक, यस्ता छन् विशेषता र मूल्य

मङ्गलबार, ०८ असार २०७८, १९ : ५४
मङ्गलबार, ०८ असार २०७८

काठमाडौं । एचएमडी ग्लोबल द होम्स अफ नोकियाले नोर्डिक इन्जिनियरिङको ‘नोकिया जी २०’ र ‘नोकिया जी १०’ सार्वजनिक गरेको छ । तीन दिनको ब्याट्री लाइफ भएको उक्त फोन व्यस्त रहनेहरुका लागि विशेष उपयोगित हुने कम्पनीको दावी छ । 

नयाँ जी–सिरिजले नोकिया स्मार्टफोनको लागि अझै लामो ब्याट्री लाइफ समेटेको समेट्नुका साथै यो स्मार्टफोनको हर्टल्यान्ड भएको कम्पनीले जनाएको छ ।​ नोकिया जी २० ले ४८ एमपीको क्ल्यारिटी वाइड स्क्रिनमा वा म्याक्रोको र भिडियो ओजो अडियोको साथ कैद गर्दछ । नोकिया जी २०ले एकल चार्जबाट ३ दिनको ब्याट्री लाइफ प्रदान गर्ने कम्पनीले जनाएको छ ।

जी २०, ४८ एमपीको क्वाड क्यामेरा र पर्याप्त स्टोरेजको साथ बजारमा आएको छ । वाइड स्क्रिन र विस्तृत माइक्रो लेन्सले ठूलो पर्दामा इमेज कैद गर्दछ । नोकिया जी २० मा ६.५ इन्चको टिएर ड्रप डिस्प्ले रहेको छ । यसको ५०५० एमएएच ब्याट्रीको साथ, यसले एकल चार्जमा तीन दिनसम्म पावर प्रदान गर्ने कम्पनीले बताएको छ । 

नोकिया जी २० दुई वटा रंगको भेरियन्टमा उपलब्ध छ । नाइट र ग्लेसियर । ४/६४ जीबीको भेरियन्टको नेपाली मूल्य १९ हजार ९ सय ९९मा उपलब्ध हुने कम्पनीले जनाएको छ । यसैगरी नोकिया जी १० दुई वटा रंगको भेरियन्टमा उपलब्ध हुनेछः नाइट र डस्क । ४/६४ जीबीको भेरियन्टको मूल्य १६ हजार ९ सय ९९मा उपलब्ध हुनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप