सर्वोच्चको आदेश लोकतन्त्र र संघीयताको पक्षमा : उपेन्द्र यादव
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतको आदेशबाट लोकतन्त्रको रक्षा भएको प्रतिकृया दिएका छन् । सर्वोच्च अदालतले केपी शर्मा ओली नेतृत्वको सरकारका २० मन्त्रीलाई पदमुक्त गर्ने आदेश दिएलगत्तै अध्यक्ष यादवले उक्त प्रतिक्रिया दिएका हुन् ।
‘प्रधानमन्त्री केपी शर्मा अोलीले संविधान, कानून र विधि विधानलाई मिचेर देश सञ्चालन गर्न खोजिरहेका थिए तर सर्वोच्च अदालतले त्यो गलत हो, त्यस्तो नगर्नुस् भन्यो’ यादवले भने । उनले भने, ‘संसारमा कतै पनि संसद विघटनपछि मन्त्रिपरिषद् विस्तार गर्ने प्रावधान छैन, नेपालको संविधानमा पनि त्यो व्यवस्था छैन तर अोलीले जानीजानी त्यस्तो गर्नुभयो, नेपालको इतिहासमा सबैभन्दा बढी कानुन तथा संविधान मिच्ने काम प्रधानमन्त्री अोलीले गर्नुभएको छ ।’
सर्वोच्च अदालतको आदेशले नेपाली जनतामा न्यायालयप्रति झन विश्वास बढाएको बताउँदै उनले संसद पुनःस्थापना हुने कुरामा आफू विश्वस्त रहेको यादवले बताए । उनले भने, ‘प्रधानमन्त्री अोलीले संविधानलाई मिचेर संसद विघटन गरेका हुन्, हुँदै नभएको कानुनको व्याख्या गरेर संसद विघटन गरेका हुन्, अब अदालतले त्यसलाई पुनःस्थापना गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकै दिन भक्तपुरबाट ४० टन ताइचिन चिउरा बिक्री
-
लुम्बो हिमशिखरको पहिचान
-
पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै
-
जर्मनी भर्सेस पाराग्वे: २०१४ पछि पहिलो पटक नकआउट चरणमा जर्मनी
-
मार्टिनेली नायक बन्दा ब्राजिलको रोमाञ्चक पुनरागमन, जापान विश्वकपबाट बाहिरियो
-
देशभर ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
