निजी स्वास्थ्य संस्थासँग सरकारले सम्झौता तोड्यो, अब सरकारी मात्रै कोभिड १९ अस्पताल
मङ्गलबार, ०८ असार २०७८, १८ : २९
सरकारले कोभिड १९ उपचारका लागि सरकारी अस्पतालहरू, स्वास्थ्य प्रतिष्ठानहरु र मेडिकललाई मात्र तोकेको छ । असार गते ६ गते सचिवस्तरीय तहबाट यस्तो निर्णय भएको हो ।
सरकारले सेवा सम्झौता गरेका सबै निजी अस्पतालहरूलाई आजका मितिदेखि १० दिनभित्रको उपचारको मात्र शोधभर्ना दिने निर्णय गरेको स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख डा.समीरकुमार अधिकारीले जनाएका छन् ।
साथै सम्पूर्ण निजी अस्पतालहरूलाई नेपाल सरकारले तोकेको दर रेटभन्दा वढी शुल्क नलिई सेवा प्रवाह गर्न आग्रह गर्दै अन्यथा भए कारवाही हुने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुम्लाका बगैँचामा स्याउ फुल लाग्याे
-
इलाम २ मा उपनिर्वाचनका दिन यातायात बन्द, अन्य तयारी धमाधम
-
पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
-
वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेट : मधेश प्रदेशले ‘सुपर ओभर’ मा हरायो सुदूरपश्चिमलाई
-
छोरी अरूसँग भागेको भन्दै सडक अवरुद्ध, प्रहरीले चलायो ९ राउण्ड अश्रुग्यास
-
वैदेशिक रोजगारीमा जाने श्रमिकको हवाई टिकटमा खानाको व्यवस्था गर्न विभागको आग्रह