शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अभिनेत्री निशा घिमिरेको स्वास्थ्यमा सुधार, अस्पताल भन्छ– प्रतिक्रिया जनाउन थालिन्

मङ्गलबार, ०८ असार २०७८, १७ : ३४
मङ्गलबार, ०८ असार २०७८

नर्भिकका उपचाररत मोडल तथा तथा अभिनेत्री निशा घिमिरेको स्वास्थ्यमा सुधार आएको छ । उपचारपछि उनको स्वास्थ्य अवस्थामा क्रमिक रुपमा सुधार आएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । उचित उपचार, आहार विहार र केयरिङ पाएका कारण उनको  मुहारमा चमक देखिएको छ । अस्थिपञ्जर मात्रै बाँकी रहेको जस्तो देखिने उनको शरीरका घाउहरू निको हुन थालेका छन् भने अन्य स्वास्थ्य अवस्थामा पनि सुधार भइरहेको नर्भिक अस्पतालले एक विज्ञप्ती मार्फत जानकारी दिएको छ ।

विज्ञप्तिका अनुसार अहिले उनको ह्विलचेयर थेरापी, म्युजिक थेरापी लगायतका विभिन्न विधिबाट उपचार भइरहेको छ । डा. पंकज जलान नेतृत्वको टिमले उनको उपचार गरिरहेको छ । ‘अस्पतालमा आउँदा जिउँदो लाशजस्तो रहेकी उनी चलमलाउन थालेकी छिन् । बुझेजस्तो गरी शरीर तथा अनुहार र आँखाको हाउभाउबाट प्रतिक्रिया समेत दिन थालेकी छिन्’ डा.जलान भन्छन् ‘भोक लाग्दा संकेत दिनेसम्मको भएकी छन् ।’ उनले नर्भिकले सकेसम्म सबै विकल्पमा गएर गरिरहेको जलानको भनाई रहेको छ । जलानका अनुसार दुर्घटनाका कारण घिमिरेको ब्रेन इञ्जुरी भएको र त्यसको अवस्था निकै जटिल रहेकोले पूर्ण रुपमा नर्मल हुने सम्भावना भने न्यून छ ।

‘उहाँको ब्रेनमा निकै ड्यामेज भएको छ’ डा.जलानले थपे ‘तर, आएको बेलाको तुलनामा घाउहरु निको हुन थालेका छन् । हामीले डाइट र थेरापीमा फोकस गरेका छौं । प्रोटिन, क्यालोरिजहरु प्रशस्त दिइरहेका छौं । हिजोबाट ह्वीलचेयरमा समेत बसाउन सुरु गरेका छौं ।’ 

निशाको अवस्थालाई ‘जनरल कण्डिसन इम्प्रूभ’ भएको अवस्थाको रुपमा बुझ्न डा.जलानको भनाई रहेको छ । तीन वर्षअघिसम्म मिडियाहरुमा छाउने गरेकी निशा घिमिरेको उद्धार गर्नु अघिको अवस्था निकै दर्दनाक थियो । नर्भिक अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीले गत २७ गते उनको उद्धार गरेर अस्पतालको विशेष उपचार कक्षमा राखेर उपचार सुरु गराएकी हुन् ।

तीन वर्षअघि अभिनयको कोर्स पढ्न भारत गएको समय  सडक दुर्घटनामा परी गम्भीर घाइते भएकी निशा उपचारका लागि पैसाको अभावमा घरमै अर्धचेत अवस्थामा रहेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप