शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अब मेगा बैंकले दिनेछ किसानलाई कार्ड, साथमा कृषि कर्जा पनि

मङ्गलबार, ०८ असार २०७८, १७ : २८
मङ्गलबार, ०८ असार २०७८

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले किसानहरुलाई कार्ड उपलब्ध गराउने भएको छ । बैंकले हिमशिखर एग्रोसँगको सहकार्यमा बैंकको आधुनिक प्रविधि मैत्री किसान कार्ड सहित कृषि कर्जा सर्वसुलभ रुपमा उपलब्ध गराउन सम्झौता गरेकोे छ । 

मेगा बैंकको तर्फवाट माइक्रो एन्ड एग्रो फाइनान्सिङ विभागका प्रमुख पुण्य प्रसाद खनिया र हिमशिखर एग्रोका प्रमुख कार्यकारी अधिकृत प्रकाशचन्द्र घिमिरेले यस सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । हिमशिखर एग्रोसँगको सम्झौता पश्चात मेगा बैंकले ग्रामीण भेगका किसानहरुलाई कृषि उत्पादनमा आवश्यक कृषि सामग्रीहरु तथा बीउबिजनहरु खरिद गर्न कृषि कर्जा तथा मेगा किसान कार्ड प्रदान गर्नेछ ।

मेगा बैंकका माइक्रो एन्ड एग्रो फाइनान्सिङ्ग विभागका प्रमुख खनियाले पहिलो चरणमा प्रदेश नम्बर १ का किसानहरुलाई किसान कार्डसहितको कृषि कर्जा स्थानीय शाखाहरुमार्फत छिटोछरितो ढंगले  प्रदान गर्न लागिएको बताए । प्रदेश नम्बर १ पछि क्रमशः देशभरका किसानहरुलाई सेवा प्रदान गरिने उनले बताए ।

किसान कार्डमार्फत कृषकहरुले आफूलाई आवश्यक कृषि सामग्रीहरु, बीउ, मल, किटनाशक औषधि लगायतका सामानहरु तोकिएको स्थान तथा पसलहरुबाट खरिद गर्न सक्नेछन । मेगा किसान कार्ड मेगा बैंकले कृषकहरुका लागि प्रदान गरेको बैंकिङ्ग बजारको पहिलो आधुनिक प्रविधिमैत्री सेवा हो, जसले किसानहरुलाई डिजिटल बैंकिङ्ग कारोवार गर्न सहज र सरल हुने बैंकको विश्वास छ ।

हिमशिखर एग्रोका प्रमुख कार्यकारी अधिकृत घिमिरेले मेगा बैंकले कृषि कर्जालाई प्राथमिकताका साथ सर्वसुलभ रुपमा प्रदान गर्दै आएकाले मेगासँग सहकार्य गरिएको बताए । 

मेगा बैंकले अहिले आर एन्ड डी इनोभेटिभ सोलुशन र कर्मा ग्रुपसँग सहकार्य गरी कृषकहरुलाई मेगा किसान कार्डसहितको कृषि कर्जा प्रदान गर्दै आएको छ । भविष्यमा कृषि क्षेत्रसँग सम्बन्धित अन्य संघसंस्थाहरुसँग सहकार्य गर्दै आधुनिक प्रबिधिमैत्री मेगा किसान कार्ड सेवा देशभर नै उपलब्ध गराउने योजना रेहको बैंकले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप