असोजमा रिलिज होला त ‘चुरीफुरी’ ?
समसामयिक बिषयमा कमेडी मिसाएर निर्माण भएको फिल्म हो ‘चुरीफुरी’ । ऋषिराज आचार्यको निर्देशन रहेको फिल्मको फष्टलुक गत चैत्रमा सार्वजनिक भएको थियो । निर्माण युनिटले फिल्मको प्रदर्शन मिति आगामी असोज १ गते घोषणा गर्दै फष्टलुक सार्वजनिक गरेको थियो ।
फिल्मको प्रचार बिस्तारै सुरु गर्ने योजनाअनुसार निर्माण युनिटले फष्टलुक सार्वजनिक गरेको थियो । वैशाखबाट फिल्मको आक्रमक प्रचार योजना बनाएको निर्माण युनिट निषेधाज्ञाका कारण त्यसै सेलाउन पुगेको थियो । आजबाट सरकारले निषेधाज्ञामा केही खुकुलो गरेको छ । अब पूर्ण रुपमा खुल्छ वा फेरि बन्द हुन्छ यसै भन्न सकिने अवस्था छैन । निर्देशक आचार्य भने मिलेसम्म फिल्म १ असोजमै रिलिज गर्ने मनस्थितिमा छन् । सबैथोक सामान्य भयो र फिल्म रिजिल गर्ने माहोल बन्यो भने ‘चुरीफुरी’ १ असोजमै रिलिज हुने निर्देशक आचार्यले बताए ।
आचार्यकै निर्माण रहेको फिल्ममा डेब्यु हिरो अभिषेक श्रेष्ठ, हिरोइनहरु–पूजा पन्त, सोना बज्राचार्य र रिन्जिन गुरुङका साथमा रविन्द्र झा, शिशिर भण्डारी, दीपक आचार्य (काकु), सुबोध गौतम (एदुमे), पवन खतिवडा (म्याकुरी) र सुरवीर पण्डित, ऋतु आचार्य, सुनिता श्रेष्ठ, राजेन्द्र खाती, महेश्वर आचार्य, लक्ष्मी ढकाल (जोया), कमल सिंह, सरिश्मा मगर, अस्मिता बस्नेत, तुलसी श्रेष्ठ, रश्मी आचार्य, लक्ष्मण अधिकारी, दिल गोदार, मनिल तामाङ, जीपी पाठकलगायतका कलाकारको अभिनय रहेको छ ।
आरबी मुभीजको ब्यानरमा बनेको फिल्म निर्माणमा निर्देशकलाई रीना ढकालले सघाएकी छन् । बिमला भुसाल, राजेन्द्र खाती र शिव थापा सहनिर्माता रहेको फिल्मका गीतमा दीपक शर्माको संगीत, समीर आचार्य, विश्व नेपाली र बेनिशा पौडेलको स्वर छ ।
भीमफेदी ग्रुपले कोरियोग्राफी गरेको फिल्ममा बिजय आचार्यको कला निर्देशन तथा नविन निरौलाको सम्पादन रहेको फिल्मले भरपूर मनोरञ्जनका साथै युवा वर्गलाई सन्देश दिएको निर्देशक आचार्यको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टोइनिसले बनाए नयाँ कीर्तिमान
-
प्रधानमन्त्री प्रचण्ड र कतारका अमिर थानीबिच ‘वान टु वान’ वार्ता
-
फष्टलुक्समा यस्तो देखियो ‘घरज्वाइँ’
-
आज कहाँ–कहाँ हुन्छ सडक अवरुद्ध ?
-
करेन्ट लागेर विद्युत् प्राधिकरणका एक कर्मचारीको मृत्यु
-
नेपालमा जनावरको दुधबाट मान्छेमा बर्ड फ्लुको ‘एच–फाइभ एन–वान’ भाइरस सरेको देखिएको छैन : विज्ञ