आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

दुई ठूला जलविद्युत आयोजनाका लागि ९७ अर्ब वैदेशिक लगानी स्वीकृत

मङ्गलबार, ०८ असार २०७८, १६ : १२
मङ्गलबार, ०८ असार २०७८

लगानी बोर्डले दुई ठूला जलविद्युत आयोजना निर्माणका लागि ९७ अर्ब रुपैयाँ बराबरको बैदेशिक लगानी (एफडीआई) स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार बसेको बोर्डको ४७ औं बैठकले तमोर र मनाङ मर्स्याङ्दी जलविद्युत आयोजनाका लागि उक्त लगानी स्वीकृति दिने निर्णय गरेको हो । 

७६५ मेगावाटको तमोर र १४० मेगावाटको मनाङ मर्स्याङ्दी दुबै जलविद्युत आयोजना निर्माणका लागि लगानीको स्वीकृति चिनियाँ कम्पनीले पाएका छन् । योसँगै अब यी दुई आयोजनाको कामले गति पाउने भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप