सेयर बजारमा हरियाली, एकैदिन बढ्यो ७९.४४ अंकले नेप्से
साताव्यापी गिरावटपछि मंगलबार सेयर बजार परिसूचक नेप्सेमा उछाल आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक अधिकतम ७९.४४ अंकले बढेर २९१३.८४ मा पुगेको छ ।
जबकी गत सोमबार मात्र नेप्से परिसूचक अधिकतम ७१.०६ अंकले घटेर २८३४.४० विन्दुमा झरेको थियो । नेप्सेका अनुसार आज ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत अधिकतम १६.०१ अंकले बढेर ५३६.१५ विन्दुमा पुगेको छ ।
आज सेयर बजार खुले देखिनै सकारात्मक संकेत देखिएकोमा सबै जसो समूहहरु धनात्मक (पोजेटिभ) देखिएका छन् भने, ६ वटा कम्पनीको सेयर सकारात्मक सर्किट नै लागेको छ ।
यता, दुई दर्जन भन्दा कम्पनीहरुको सेयर मूल्य ९ प्रतिशत माथिले वृद्धि भएका छन् ।
यस दिन २२५ कम्पनीका १ करोड ९७ लाख ७० हजार ६३८ कित्ता सेयर १ लाख १२ हजार ५० पटक किनबेच हुँदा कुल १० अर्ब २८ करोड ६२ लाख ६९ हजार ९५७ रुपैयाँको कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दश महिनामा नवलपरासीबाट करिब एक्काइस अर्ब राजस्व सङ्कलन
-
बनेपाका एक हजार घरमा ‘कौसीखेती’
-
राष्ट्रियसभा बैठक बस्दै, यस्ता छन् सम्भावित ८ कार्यसूची
-
बजेट निर्माणको बेला कर्णालीको एउटा मन्त्रालय मन्त्री विहीन, एक सचिव विहीन
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
-
लुम्बिनीमा पहिलो आवधिक योजनाको लक्ष्य प्राप्त भएन