६५ वर्षमाथिका जेष्ठ नागरिकलाई दोस्रो डोज खोप लगाउन सर्वोच्चको अन्तरिम आदेश
मङ्गलबार, ०८ असार २०७८, १५ : ३०
जेष्ठ नागरिकलाई कोरोना भाइरस विरुद्धको भ्याक्सिनको दोस्रो डोज उपलब्ध गराउन सर्वोच्च अदालतले सरकारलाई अन्तरिम आदेश गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाले मंगलबार सो आदेश जारी गरेका हुन् । ६५ वर्षमाथिका जेष्ठ नागरिकलाई सरकारले फागुन २३ मा पहिलो डोज उपलब्ध गराएको थियो । जेठ १५ सम्म पनि दोस्रो डोज खोप लगाउन नपाएपछि नागरिक अभियन्ता चिरञ्जिवी बासगिरीले सर्वोच्चमा रिट हालेका थिए ।
न्यायाधीश खतिवडाको इजलासले अन्तरिम आदेश र कारण देखाउ आदेश जारी गरेको छ । मुद्दामा अधिवक्ता किर्तिनाथ शर्मा पौडेल, विकास भट्टराई र अमिता गौतम पौडेल लगायतले बहस गरेका थिए । सो आदेशसँगै १३ लाख वृद्ध, वृद्दाले खोप लगाउन पाउने बाटो खुलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धौलागिरिमा तीन वटा लामा झोलुङ्गे पुल निर्माण सुरु
-
शिक्षा ऐन निर्माण नगर्नु सरकारको गैरजिम्मेवारपन हो : जनमोर्चा
-
बंगलादेशद्वारा नेपालसहित भारत र भुटानबाट विभिन्न सामग्री आयातमा रोक
-
अमेरिकासँग रोममा दोस्रो चरणको आणविक वार्ता गर्दै इरान
-
इखा पुखुलाई लिच्छविकालीन अवस्थामा फिर्ता गर्दै छौँ : बालेन
-
वार्षिक नीति तर्जुमा गर्दै लुम्बिनीको सामाजिक विकास मन्त्रालय