शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीको ‘भ्याकेट’ निवेदन  : चार प्रदेशसभा सदस्यलाई सूचना दिन आदेश

मङ्गलबार, ०८ असार २०७८, १५ : २९
मङ्गलबार, ०८ असार २०७८

कर्णाली प्रदेशका ४ जना सांसदको पद थमौती गर्ने अदालतको अन्तरिम आदेश विरुद्ध प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको निवेदनबारे सर्वोच्चले रिट निवेदकलाई सूचना दिने आदेश गरेको छ । 

सर्वोच्च अदालतको अन्तरिम आदेश खारेजीको माग गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले भ्याकेट  दर्ता गराएका थिए । सो भ्याकेट निवेदनमाथि सुनुवाई गर्दै न्यायाधीश आनन्दमोहन भट्टराई र हरि फुयाँलको इजलासले रिट निवेदकलाई सूचना दिन आदेश गरेका हुन् । 

कर्णाली प्रदेशका प्रकाश ज्वाला,नन्दसिंह बुढा,कुर्मराज शाही र अमरबहादुर थापालाई एमालेले ह्वीप उल्लंघन गरेको भन्दै महाधिवेशन आयोजक कमिटीले कारवाही गरेको थियो । कारवाही विरुद्ध चारैजना प्रदेश सांसद सर्वोच्च गएपछि उक्त कारवाहीलाई सर्वोच्चले अस्वीकार गर्दै महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिने आदेश दिएको थियो ।  

त्यही चार जना सांसदलाई सूचना दिने आदेश सर्वोच्चले गरेको हो । अदालतको आदेशपछि प्रधानमन्त्री भ्याकेटमा गएपछि ४ प्रदेशसभा सदस्य रिट निवेदक रहेको मुद्दामा उनीहरुलाई सूचना दिनुपर्ने नियमित प्रक्रियाअनुसार यो आदेश जारी भएको सर्वोच्च स्रोतले जनाएको छ । 

उक्त आदेश एकतर्फी सुनुवाइका आधारमा दिएकाले खारेजीको माग गर्दै अध्यक्ष ओलीले आइतवार भ्याकेट निवेदन दिएका थिए । भ्याकेट निवेदनमा ओलीले एमालेको केन्द्रीय कमिटीलाई नै दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिमा परिणत गरेको भन्दै कारवाहीलाई मान्यता दिन माग गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप