कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३०० पुग्यो

कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको सङ्ख्या ३०० पुगेको छ । स्वास्थ्य सेवा निर्देशनालयका अनुसार कोरोनाका दोस्रो लहर फैलिएसँगै मृत्युदर ह्वात्तै बढेको हो । पहिलो लहरमा ४० जनाको मृत्यु भएकामा दोस्रो लहर शुरु भएयता भने मृतकको सङ्ख्या बढेर ३०० पुगेको हो ।
प्रदेशमा हालसम्म २४ हजार ३४३ जनाले कोरोना सङ्क्रमण जितेका छन् । पछिल्लो चौबिस घण्टामा ३९२ बिरामी सङ्क्रमणमुक्त भएको निर्देशनालयले जनाएको छ । निर्देशनालयको अद्यावधिक तथ्याङ्कानुसार २७ हजार ४२१ कूल सङ्क्रमितमध्ये सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ५८२ रहेको छ ।
स्वास्थ्य निर्देशक डा.रविन खड्काले पछिल्लो केही साता मृत्युदरमा कमी आए पनि सङ्क्रमण दर भने नघटेको बताए । “सङ्क्रमण र मृत्युदरमा केही कमी आए पनि जोखिम कायमै छ”, उनले भने, “कोरोनाको दोस्रो लहरको शुरुवाततिर ९८ प्रतिशतसम्म पुगेको थियो, अहिले २० प्रतिशतमा झरेको छ, तैपनि पर्याप्त सतर्कता अपनाउनु जरुरी छ ।” सङ्क्रमण रोकथामका लागि सुर्खेतसहितका अधिकांश जिल्लाले वैशाख १४ गतेदेखि जारी निषेधाज्ञालाई निरन्तरता दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजामती सेवा विधेयक : फेल भएको अतिरिक्त सचिव, ‘कुलिङ पिरियड’ नराख्ने सरकारको अडान
-
यसरी निभ्यो वीरगञ्जको साम्प्रदायिक आगो
-
न्युयोर्कमा मिथिला ‘हेरिटेज कार्यशाला’
-
म्यानमारका भूकम्पपीडिलाई एनआरएनए थाइल्याण्डद्वारा राहत सहयोग हस्तान्तरण
-
२० वर्ष पुराना ट्याक्सी जफत सुरु, शुक्रबार ट्राफिकले समात्यो दर्जनभन्दा बढी ट्याक्सी
-
देश विकासमा पूर्वाग्रह र मतभेद राख्न आवश्यक छैन : प्रधानमन्त्री