शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

क्लब हाउसमा प्रहरीको फोटो दुरुपयोग गर्ने पक्राउ

मङ्गलबार, ०८ असार २०७८, १४ : १०
मङ्गलबार, ०८ असार २०७८

सामाजिक सञ्जाल ‘क्लब हाउस’मा प्रहरीको लोगो दुरुपयोग गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । प्रहरी अधिकृतको नाम र फोटो दुरुपयोग गरेर गलत आइडी बनाउने भक्तपुर चाँगुनारायण नगरपालिका–६ घर भएका ईसान लामिछानेलाई पक्राउ गरिएको साइबर ब्यूरोले जनाएको छ ।  

नेपाल प्रहरीको नाममा ‘ओपन सोसल रुम’ बनाएर दर्ज्यानी चिन्हको समेत दुरुपयोग गरेको मुद्दामा ब्यूरोले २० वर्षीय इसान लामिछानेमाथि अनुसन्धान शुरु गरेको छ । जिल्ला अदालत काठमाडौंबाट उनीमाथि ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको ब्यूरोका एसएसपी नविन्द अर्यालले रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप