शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पानी नमिसाई दूध बेच्ने उपप्राध्यापक बाबुराम

गाई फार्मबाट दैनिक २० हजार कमाइ
मङ्गलबार, ०८ असार २०७८, १३ : ५४
मङ्गलबार, ०८ असार २०७८

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक बाबुराम कार्कीको फार्ममा अहिले २६५ वटा गाई छन् । १५० गाईले दूध दिन्छन् । ७५ वटा ब्याउने छन् । बाँकी कोरली, बाच्छी छन् । दूध बेचेर दैनिक २० हजार रुपैयाँ आम्दानी हुने गरेको छ ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिकास्थित सुन्दरीजलमा रहेको ‘ओजस्वी एकीकृत कृषि फार्म’ का सञ्चालक कार्कीले आफूलाई छोटो समयमै एक सफल र प्रेरणादायी गाईपालक किसानका रुपमा उभ्याएका छन् ।

रातोपाटीकर्मी गाई फार्ममा पुग्दा कार्की मेसिनले गोबर ड्राई गर्दै गरेको अवस्थामा भेटिए । ‘यो ड्राई गरेको गोबरबाट अगरबत्ती पनि बन्दोरहेछ’, उनले सुनाए, ‘यसलाई तीन÷चार थरीको मल बनाएर हामी बजारमा पठाउँछौं । कर्मचारी खर्च यही गोबरले पुग्छ ।’

प्राध्यापनसँगै गाईपालन

त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक समेत रहेका कार्कीको हालको दैनिकी यही गाईको रेखदेख, फार्मको व्यवस्थापन, विश्वविद्यालयको आउजाउ र बैठक तथा भेटघाटको चक्रमा घुमिरहेको छ । यो चक्रमा कार्की सन्तुष्ट त छन् नै, आफूलाई निकै भाग्यमानी पनि ठान्छन् । 

‘मलाई धेरैले गाई पालेर बस्ला भन्ने पत्याएकै थिएनन् । गाडी चढेर हिँड्नेले गाई पाल्ने, घाँस काट्ने, गोबर सोहोर्ने काम गर्दैन भन्थे’, गोठमा गाईलाई सुम्सुम्याउँदै उनले सुनाए, ‘कतिले त अनुदान खान आएको पनि भने । तर, हामी एकदम प्रतिवद्ध भएर लाग्यौँ ।’

कोरोनामहामारीका कारण निषेधाज्ञा/लकडाउनले योजनाअनुरुप काम हुन नसक्दा गोठलाई थप व्यवस्थित बनाउन सकिएको छैन’, उनले रातोपाटीसँग भने, ‘यहीबीचमा पूर्वानुमान गरिएको बजेटमा खर्च बढिदिँदा बैंकिङ प्रक्रिया मिलाउन केही समय लागेको छ, अब हामीले तीन महिनाभित्र दही, पनिर, बटरलगायत उत्पादन आफ्नै लोगोसहित बजारमा पठाउँछौं ।’

गाईपालनको सुरुका दिनमा उनी उत्पादित दूध मोटरसाइकलमा राखेर घरघरमा डेलिभरी गरी त्यही क्यानसहित विश्वविद्यालय पुग्थे । विश्वविद्यालयको अध्यापन सकेर त्यही रित्तो क्यान झुण्डिएको मोटरसाइकलमा घर फर्कन्थे । ‘सुरुका दिनमा मोटरसाइकलमा क्यान लिएर बजारमा बेच्दैबेच्दै युनभिर्सिटीमा रित्तो क्यान लिएर पुग्थेँ’, उनी भन्छन्, ‘अहिले दूध डेलिभरीका लागि आफ्नै गाडी छ, पसल छ, कर्मचारी छन्, सबै व्यवस्थित छ ।’

आफ्नो फरक शैलीको दैनिकीमा रमाउने कार्कीलाई कत्तिले प्राध्यापक भएर पनि घाँस, भकारो गरेको भन्दै खिसिटिउरी पनि गरे । तर, काम सानो–ठूलो होइन, त्यसको मापन सफलता÷असफलताले गर्छ भन्ने राम्ररी बुझेका अर्थशास्त्रका प्राध्यापक उनी निरन्तर यही कर्ममा लागिरहे । अहिले गाईगोठ पनि व्यवस्थित छ । मेसिनबाटै गाई दुहिन्छ । उच्च प्रविधि र सरसफाइ छ । मलखादलाई पनि मोहोरमा रुपान्तरण गरेका उनी गोठलाई थप व्यवस्थित बनाउने योजनामा छन् ।

कोरोनामहामारीका कारण निषेधाज्ञा/लकडाउनले योजनाअनुरुप काम हुन नसक्दा गोठलाई थप व्यवस्थित बनाउन सकिएको छैन’, उनले रातोपाटीसँग भने, ‘यहीबीचमा पूर्वानुमान गरिएको बजेटमा खर्च बढिदिँदा बैंकिङ प्रक्रिया मिलाउन केही समय लागेको छ, अब हामीले तीन महिनाभित्र दही, पनिर, बटरलगायत उत्पादन आफ्नै लोगोसहित बजारमा पठाउँछौं ।’

गाईको संख्या बढ्दै गएपछि उनले पछि गोकर्णेश्वरमा १०० रोपनी जग्गा भाडामा लिएर गाईपालन सुरु गरेका हुन् । सँगैसँगै उनले तरकारी खेती र बाख्रा पालन पनि त्यहीँ गरेका छन् । जग्गाको भाडाबापत उनले वार्षिक २८ लाख तिर्नुपर्छ ।

तीनवटा गाईबाट २६५ मा विस्तार

चावहिलस्थित घरमा १० वर्षअघि कार्कीले तीनवटा गाई पालेका थिए । त्यतिबेला न उनलाई गाईपालन व्यवसायमा लाग्ने सोच थियो, न कुनै विशेष योजना नै थियो । ‘गाईपालन हामीले नितान्त घरपरिवारले खाने र बढी भए बेच्ने भनेर सुरु गरेका थियौँ’, उनले भने, ‘पछि दूधको माग बढ्दै गएपछि हामी व्यवसायिक भएका हौँ ।’

सुरुवाती दिनमा सीमित स्रोतसाधनका कारण बाबुरामले नै घरघरसम्म दूध क्यानमा हालेर डेलिभरी गर्थे । सुरुमा ६ लिटर दूध त बेच्थे उनी ।  माग बढ्दै जानु आफ्नो उत्पादनप्रतिको विश्वास पनि भएको उनको बुझाइ छ ।

फार्मको हेरचाह श्रीमतीसहित परिवारका सदस्यले मिलेर गर्दछन् । युनिभर्सिटीको जागिर, भेटघाट र बैठकहरु भइरहने भएकाले फार्मको हेरचाहमा आफ्नो भन्दा श्रीमतीको भूमिका महत्त्वपूर्ण रहेको उनी बताउँछन् ।

गाईको संख्या बढ्दै गएपछि उनले पछि गोकर्णेश्वरमा १०० रोपनी जग्गा भाडामा लिएर गाईपालन सुरु गरेका हुन् । सँगैसँगै उनले तरकारी खेती र बाख्रा पालन पनि त्यहीँ गरेका छन् । जग्गाको भाडाबापत उनले वार्षिक २८ लाख तिर्नुपर्छ ।

उनले पालेका गाईहरु होलिस्टिन जातका हाइब्रिड हुन् । कार्कीका अनुसार उनको गोठमा रहेका २६५ मध्ये दिनमा कुनै दैनिक ५५ लिटरसम्म दूध दिने गाई पनि छन् । यद्यपि औसतमा भने १५ लिटरको हाराहारीमा दूध उत्पादन हुने उनी बताउँछन् । कार्कीले उच्चस्तरीय विदेशी प्रविधि भित्र्याउँदै दूध उत्पादन बढाएका छन् । उनी भन्छन्, ‘हाम्रो गोठसहितको सबै डिजाइन इजरायली प्रविधिको हो । यसमा प्राविधिक सहयोग भारतीय कम्पनीको छ ।’

दैनिक २० हजार आम्दानी !

१० वर्षको बीचमा बागमतीमा धेरै पानी बग्यो । कार्कीले पनि विभिन्न आरोह–अवरोह भोगे । फार्ममा आगलागी हुँदा २०७४ सालमा ९७ वटा गाई मरे । तर, उनले हिम्मत हारेनन् । निरन्तर कामलाई अघि बढाइरहे । त्यसैले त उनले अहिले दैनिक २० हजार रुपैयाँ सबै खर्च कटाएर कमाउँदै आएका छन्  ।

‘कृषि पेशामा लागेर म सन्तुष्ट छु । उनी भन्छन्, ‘हामीले बैंकको किस्ता तिरेर, कर्मचारीलाई तलब दिएर, परिवार चलाउन सकेका छौं । हामीले सेल्सको सबै खर्च कटाएर १० प्रतिशत नाफा गर्छौं । अहिले दैनिक २ लाखको बिक्री गर्छौँ ।’

एउटा गाईका लागि दैनिक औसत ५०० रुपैयाँको हाराहारीमा खर्च हुने उनी बताउँछन् । गाईलाई खुवाउने कच्चापदार्थ तराईलगायतका क्षेत्रबाट ल्याइन्छ भने फार्ममै मात्रा मिलाएर दाना बनाइन्छ । कार्की भन्छन्, ‘गाईलाई जति खुवाउन सक्यो उति दूध आउँछ । फार्ममै केही हरियो घाँस उत्पादन हुन्छ । अरु तराईतिरबाट ल्याएर यहाँ बनाएर गाईको दाना तयार गर्दै आएका छौं ।’

ओजस्वी फार्ममा अहिले दैनिक करिब २ हजार लिटर दूध उत्पादन हुन्छ । यसलाई बढाएर यसै वर्ष ५ हजार लिटर पुर्याउने कार्कीको लक्ष्य छ । ‘एक वर्षभित्र प्रतिदिन ५ हजार लिटर दूध उत्पादन गर्ने हाम्रो योजना छ । अहिले दैनिक २ हजार लिटर दूध उत्पादन हुन्छ’, कार्की भन्छन्, ‘अब एक वर्षभित्र झण्डैझण्डै हाम्रा १०० वटा कोरली बाच्छीहरु गाई हुन्छन् । ती १०० वटा गाईबाट ३ हजार लिटर दूध थप्ने योजना छ ।’

यो सीप आफूले सिकेको र जसले गर्दा क्वालिटीको दूध पनि सस्तोमै बेच्न सकेको उनको भनाइ छ ।  कार्कीले सस्तोमा अर्थात प्रतिलिटर ८० रुपैयाँमा दूध बेच्ने गरेको बताए । कार्कीको दावीअनुसार बिरामी र एन्टिबाइटिक औषधि चलाइएका गाईको दूध बजारमा पठाउने गरिएको छैन । मिसावटयुक्त नबेचेकै कारणले उनको फार्ममा दूधको माग बढिरहेको छ ।  

उत्पादन भएको दूध सुन्दरीजलबाट चाबहिल, डिल्लीबजार, मैतीदेवी, पुरानो बानेश्वरलगायत क्षेत्रमा सहजै बिक्री हुने गरेको उनको भनाइ छ । ‘हामीकहाँ बजारको समस्या छैन’, उनी भन्छन्, ‘कुनै मिसावट हुँदैन । गाईलाई कुनै केमिकल खुवाउँदैनौं । बिरामी र एन्टिबायोटिक खुवाएका गाईको दूध हामी बेच्दैनौं । हामी बजारमा फ्रेस दूध दिन्छौं, त्यसकारण विक्रीको समस्या छैन ।’

५ लाख मूल्यसम्मका गाईहरू रहेका गोठमा काम गर्ने कामदार होलटाइमर २२ जना छन् भने पार्टटाइम काम गर्नेहरु १०÷१२ जना छन् । प्रत्यक्ष–अप्रत्यक्षरुपमा सयौंले रोजगारी पाएका छन् ।

कार्कीको बुझाइमा दूधको मूल्य धेरै राखेर मात्रै फाइदा हुने होइन, बरु कसरी लागत घटाउने भन्नेतर्फ सोच्नुपर्ने हुन्छ । उनले भने, ‘मूल्य उच्च राख्नुपर्छ भन्छन् मान्छेहरु, त्यो होइन, कसरी सकिन्छ, उत्पादन लागतलाई घटाउने हो । यसका लागि गाईलाई घाँसको व्यवस्थापन, बिरामीबाट बचाउने अनि टेक्नेसियनको काम जानेर उसले लिने पैसा आफूले राख्न सक्नुपर्यो ।’

यो सीप आफूले सिकेको र जसले गर्दा क्वालिटीको दूध पनि सस्तोमै बेच्न सकेको उनको भनाइ छ ।  कार्कीले सस्तोमा अर्थात प्रतिलिटर ८० रुपैयाँमा दूध बेच्ने गरेको बताए । कार्कीको दावीअनुसार बिरामी र एन्टिबाइटिक औषधि चलाइएका गाईको दूध बजारमा पठाउने गरिएको छैन । मिसावटयुक्त नबेचेकै कारणले उनको फार्ममा दूधको माग बढिरहेको छ ।  

कृषिमा राज्यको साथ

बाबुराम १० वर्षको बीचमै कसरी सफल र प्रेरणादायी किसान बन्न सफल भए ? एक त निरन्तरता हो भने अर्को राज्यको कृषिमा लगानीका साथै सहयोग प्राप्त भएको उनी बताउँछन् ।

बाबुरामले ‘साझेदारीमा नमुना गाईपालन कार्यक्रम’ अन्तरगत बागमती प्रदेश सरकारबाट गत आर्थिक वर्ष ५० लाख अनुदान पाए भने ५ प्रतिशत सहुलियत ब्याजमा ५ करोड ऋण पनि पाए । सो अनुदान र ऋणबाट लगानी विस्तारमा सहयोगका साथै आम्दानी पनि बढेको उनी बताउँछन् ।

कार्कीका अनुसार व्यवसायमा विश्वास कायम गर्न गाह्रो छ । जतिसुकै स्तरीय सेवा दिए पनि दूधमा कति पानी थप्नुहुन्छ भनेर सोध्न छाड्दैनन् मान्छेहरु । उनी भन्छन्, ‘मलाई पढेलेखेका मान्छेहरुले पनि सर कति थप्नुहुन्छ पानी भनेर सोध्नुहुन्छ ? यो जमानामा पानी थपेर दूध बेच्न सकिँदैन । मासु बेचेजस्तो होइन ।’

‘सरकारले ५ करोडसम्म ५ प्रतिशत अनुदानमा लोन दिएको छ । उनी भन्छन्, ‘बागमती प्रदेश सरकारले काठमाडौंको उत्कृष्ट फार्म भनेर गत आर्थिक वर्षमा ५० लाख रुपैयाँ अनुदान दिएको थियो ।’ सरकारी तहको सहयोग र उत्साहले यस वर्षमात्रै लगानी ८ करोड थपिएको उनको भनाइ छ । उनका अनुसार फार्ममा अहिले कुल लगानी २० करोडमाथि पुगिसकेको छ ।

बागमती प्रदेश सरकारले नमुना गाईपालन कार्यक्रममार्फत किसानहरुलाई अनुदान दिँदै आएको छ । पेशाको व्यवसायीकरण गरी पशुजन्य उत्पादन  तथा उत्पादकत्व वृद्धि गर्ने, खेतबारीका लागि उपयोगी प्रांगारिक मलको उत्पादनका साथै कृषकहरुलाई पेशाप्रति नै आकर्षित गर्ने उद्देश्यले सञ्चालित यो कार्यक्रमबाट बाबुरामजस्तै दर्जनौं किसानहरु लाभान्वित भएको प्रदेश भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार किसानसँग सम्झौता गरी यस्तो अनुदान दिइँदै आएको छ ।

कार्कीको बुझाइमा राज्यले कृषिमा लगानी गरेको छ, वडातहसम्म कृषिको सञ्जाल पुगेको छ । तर, अझै पनि त्यसलाई पराम्परागतबाट माथि उठाउन धेरै गर्नुपर्ने आवश्यकता रहेको उनको बुझाइ छ । यस्तै सरकारी कर्मचारीले जागिरे मानसिकता त्याग्दै कृषिलाई आधुनिकीकरण गर्न थप नीति, नियम बनाउँदै व्यवहारिक प्रयोग गरिनुपर्नेमा उनको जोड छ ।  

राज्यले कृषकलाई दिने अनुदान निकै महत्वपूर्ण हुने भन्दै किसानले पनि इमान्दार भएर काम गरे सबै पक्षको हित हुने उनको धारणा छ । गाईपालनमा आउन चाहने तथा चासो राख्नेहरुलाई उनले आवश्यक सल्लाह पनि दिँदै आएका छन् । कतिपयले निश्चित समय फार्ममा आएर काम सिकेर जाने गरेको बाबुरामले बताए ।

 यो पेशामा आउन चाहने नयाँ पुस्तालाई कम्तिमा सिप सिकेर प्रवेश गर्न उनी सुझाव दिन्छन् । ‘नयाँ तथा पुरा जो कोहीले पनि पहिलो कुरा जे गर्ने हो, त्यसमा सामान्य ज्ञान भने लिनुपर्छ’, उनी भन्छन्, ‘सानो लगानीबाट सुरु गर्ने हो भने सिप नै प्रमुख हो ।’

इमान्दार र लगनशील भए सफलता टाढा नभएको उनको अनुभव छ । त्यसमाथि कृषिमा सरकारको समेत अनुदान प्राप्त हुने हुँदा सहज त हुन्छ, तर कसैले अनुदानकै लागि व्यवसाय थाल्छ भने त्यो दिगो नहुने उनको बुझाइ छ । ‘अनुदान व्यवसायको लागि सहयोग हो । अनुदानकै लागि कसैले गर्छ भने त्यो टिकाउ हुँदैन,’ उनी भन्छन्, ‘पहिला म यो काम गर्छु भनेर दिगो बनाउनतिर लाग्नुपर्छ ।’

कार्कीका अनुसार व्यवसायमा विश्वास कायम गर्न गाह्रो छ । जतिसुकै स्तरीय सेवा दिए पनि दूधमा कति पानी थप्नुहुन्छ भनेर सोध्न छाड्दैनन् मान्छेहरु । उनी भन्छन्, ‘मलाई पढेलेखेका मान्छेहरुले पनि सर कति थप्नुहुन्छ पानी भनेर सोध्नुहुन्छ ? यो जमानामा पानी थपेर दूध बेच्न सकिँदैन । मासु बेचेजस्तो होइन ।’

फार्मबाट छुट्टिने बेला कार्कीले भने, एक गिलास दुध, पिएर जानुस् है हामी पानी मिसाउँदैनौँ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप