शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाका कारण गीतकार पूवाचलको निधन

मङ्गलबार, ०८ असार २०७८, १३ : ३४
मङ्गलबार, ०८ असार २०७८

मलयालम फिल्मका लोकप्रिय गीतकार पूवाचल खादरको निधन भएको छ । कोरोना संक्रमणका कारण उनको निधन भएको हो । कोरोना संक्रमित भएपछि उनी एक सरकारी मेडिकल कलेजमा भर्ना भएका थिए । उपचारको क्रममा उनको निधन भएको हो ।

७२ बर्षका गीतकारको निधनको खबर परिवारले सार्वजनिक गरेका हुन् । सोमबार मध्यराती निधन भएका उनको आज मंगलबार अन्तिम संस्कार गरिने बताइएको छ । गीतकार पुवाचलले ४०० भन्दा बढी मलयालम फिल्मका गीत लेखेका छन् । तीमध्ये केही अत्याधिक सुपरहिट छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप