शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

फिल्म अभिनयमा फर्केलिन् त सुमिना ?

मङ्गलबार, ०८ असार २०७८, १२ : ५४
मङ्गलबार, ०८ असार २०७८

विवाह पछि अभिनयलाई बाइबाई गर्ने थुप्रै अभिनेत्री छन्, फिल्म क्षेत्रमा । ती मध्येकी एक हुन् अभिनेत्री सुमिना घिमिरे । बिभिन्न स्क्यान्डका कारण हरहमेशा चर्चामा रहँदै आएकी उनी ‘स्क्यान्डल क्विन’ को रुपमा समेत चिनिएकी थिइन् ।

फिल्म ‘दुलही’बाट फिल्म अभिनयमा डेब्यू गरेकी उनी केही फिल्ममा बोल्ड भूमिकामा समेत देखिएकी थिइन् । संख्याको हिसाबले एकपछि अर्काे फिल्म अभिनय गरेपछि गुणस्तरको हिसावले राम्रो दिन दिन नसकेकी उनले रोशन सापकोटासँग २०७१ सालमा प्रेम बिवाह  गरेकी हुन् । विवाहपछि भने उनी  फिल्म क्षेत्र बाहिर रहँदै आएकी छन् ।

अहिले एक छोरीकी समेत आमा बनेकी सुमिनाको अहिले भने फिल्म क्षेत्रमा कमब्याकको हल्ला चलेको छ । निषेधाज्ञाका कारण अप्ठ्यारोमा रहेका फिल्म प्राविधिकको सहयोगका केही अगाडि श्रीमान् सापकोटासँगै देखिएकी सुमिनाले उक्त अवसरमा अझै अभिनय प्रति आफ्नो रुची र चासो जीवित रहेको बताएपछि फिल्म क्षेत्रमा उनको कमब्याकको हल्ला चलेको हो । सो अवसरमा उनले फिल्म अभिनय फर्किने इच्छा समेत राखेकी थिइन् ।

उक्त अवसरमा सुमिनासँगै आएका उनका श्रीमान् सापकोटाले समेत सुमिनालाई फिल्म फर्काउन चाहेको विचार राखेका थिए । सापकोटाले सो समय सुमिनालाई फिल्ममा फर्किन बारम्बार आग्रह गर्ने गरेको समेत बताएका थिए । सापकोटाले सुमिना फिल्ममा फर्किए आफ्नो पुरै साथ र समर्थन रहने समेत बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप