बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना छल्दै सडकमा सर्वसाधारण, उपत्यकामा बढ्यो सवारीको चाप

मङ्गलबार, ०८ असार २०७८, १२ : ४४
मङ्गलबार, ०८ असार २०७८

कोरोना महामारीको जोखिम कायमै रहेपनि काठमाडौं उपत्यकाको जनजीवनलाई विस्तारै सामान्य अवस्थामा फर्काउनका लागि स्थानीय प्रशासनले जारी निषेधाज्ञा खुकुलो बनाएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकबाट मंगलबारदेखि निषेधाज्ञा खुकुलो बनाइएको हो ।

पसल व्यवसायदेखि विभिन्न क्षेत्र मापदण्ड तोकेर खोल्नेदेखि निजी सवारी साधन र ट्याक्सी जोरबिजोरको आधारमा सञ्चालन गर्न दिने स्थानीय प्रशासनको निर्णयसँगै मंगलबार काठमाडौं उपत्यकामा सवारीको चाप अघिल्लो दिनहरुको तुलनामा ह्वात्तै बढेको छ ।

प्रशासनको निर्णय अनुसार जोर गते जोर नम्बर प्लेटका निजी तथा ट्याक्सी सञ्चालन गर्न पाइन्छ भने बिजोर गतेका दिन बिजोर नम्बर प्लेटका सवारी साधन चलेका हुन् । जोर बिजोर लागू भएसँगै प्रहरीले नियम पालना भए–नभएकोबारे कडाइ गर्दै चेकजाँचलाई तीव्र पारेको छ । आजदेखि असार १४ गते राति १२ बजेसम्म यो आदेश लागू हुनेछ । यसपटक साना सवारी साधन (कार जीप, भ्यानमा बढीमा चार जना), ट्याक्सीमा तीन जना रहने गरी र मोटरसाइकल, स्कुटरमा जोरबिजोर प्रणाली लागू गरिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप