बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

जोर–विजोर प्रणालीमा टुटल र पठाओको सेवा आजबाट शुरु

मङ्गलबार, ०८ असार २०७८, १२ : ०३
मङ्गलबार, ०८ असार २०७८

जोर–विजोर प्रणालीमा भाडाको ट्याक्सीसँगै निजी सवारी साधनहरु समेत खुलेसँगै आजबाट राइड सेयरिङ्ग ‘टुटल’ र ‘पठाओ’ ले पनि आ–आफ्नो सेवा सुरु गरेका छन् । 

कोभिड–१९ को दोस्रो लहर मुलुकमा तिब्र संक्रमण बढेसँगै गत बैशाख १६ गतेदेखि उपत्यकासहित उपत्यका बाहिरका मुख्यमुख्य सहरहरुमा निषेधाज्ञामा लागू गरिएको थियो । योसँगै राइड सेयरिङ्ग टुटल र पठाओको सेवा समेत करिब दुई महिना रोकिन पुगेको थियो ।

पछिल्लो समय सरकारले असार ८ गतेदेखि जोर–विजोर प्रणालीमा निजी सवारी साधनसँगै भाडाका ट्याक्सीलाई समेत चल्न दिने निर्णय गरेसँगै आजबाट यी कम्पनीहरुले पनि आफ्नो सेवा सुरु गरेका हुन् । 

सो बारे रातोपाटीसँग कुरा गर्दै टुटलका प्रवन्ध निर्देशक शिंक्षित भट्टराईले आजबाट टुटलको सेवा पनि सुरु भएको जानकारी दिए । यद्यपि, सेवा भने सरकारले तोकिएकै मापदण्ड अनुसार जोर–विजोर प्रणालीमै सञ्चालन हुने र स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरिने उनले जानकारी दिए । तर, यसको ग्यारेन्टी भने, राइडर र प्यासेन्जर स्वयं आफै हुनुपर्ने उनको भनाई छ ।

यस्तै, अर्को राइड सेयरिङ्ग प्ल्याट फर्म पठाओले पनि आजबाटै सेवा सुरु गरेको जनाएको छ । अहिलेको जोखिमयुक्त समयमा त्यो पनि जोर विजोर प्रणालीमा खुलेको सेवालाई कसरी व्यवस्थित गर्ने भन्ने कुरामा भने गृहकार्य हुँदै गरेको पठाओका प्रवन्ध निर्देशक आसिम मान बस्न्यातले रातोपाटीसँग बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप