जोर–विजोर प्रणालीमा टुटल र पठाओको सेवा आजबाट शुरु
जोर–विजोर प्रणालीमा भाडाको ट्याक्सीसँगै निजी सवारी साधनहरु समेत खुलेसँगै आजबाट राइड सेयरिङ्ग ‘टुटल’ र ‘पठाओ’ ले पनि आ–आफ्नो सेवा सुरु गरेका छन् ।
कोभिड–१९ को दोस्रो लहर मुलुकमा तिब्र संक्रमण बढेसँगै गत बैशाख १६ गतेदेखि उपत्यकासहित उपत्यका बाहिरका मुख्यमुख्य सहरहरुमा निषेधाज्ञामा लागू गरिएको थियो । योसँगै राइड सेयरिङ्ग टुटल र पठाओको सेवा समेत करिब दुई महिना रोकिन पुगेको थियो ।
पछिल्लो समय सरकारले असार ८ गतेदेखि जोर–विजोर प्रणालीमा निजी सवारी साधनसँगै भाडाका ट्याक्सीलाई समेत चल्न दिने निर्णय गरेसँगै आजबाट यी कम्पनीहरुले पनि आफ्नो सेवा सुरु गरेका हुन् ।
सो बारे रातोपाटीसँग कुरा गर्दै टुटलका प्रवन्ध निर्देशक शिंक्षित भट्टराईले आजबाट टुटलको सेवा पनि सुरु भएको जानकारी दिए । यद्यपि, सेवा भने सरकारले तोकिएकै मापदण्ड अनुसार जोर–विजोर प्रणालीमै सञ्चालन हुने र स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरिने उनले जानकारी दिए । तर, यसको ग्यारेन्टी भने, राइडर र प्यासेन्जर स्वयं आफै हुनुपर्ने उनको भनाई छ ।
यस्तै, अर्को राइड सेयरिङ्ग प्ल्याट फर्म पठाओले पनि आजबाटै सेवा सुरु गरेको जनाएको छ । अहिलेको जोखिमयुक्त समयमा त्यो पनि जोर विजोर प्रणालीमा खुलेको सेवालाई कसरी व्यवस्थित गर्ने भन्ने कुरामा भने गृहकार्य हुँदै गरेको पठाओका प्रवन्ध निर्देशक आसिम मान बस्न्यातले रातोपाटीसँग बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण