आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

ओलीको भ्याकेट निवेदन आनन्दमोहन र हरि फुयाँलको इजलासमा

मङ्गलबार, ०८ असार २०७८, ११ : १४
मङ्गलबार, ०८ असार २०७८

सर्वोच्च अदालतको अन्तरिम आदेश खारेजीको माग गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्चमा दिएको भ्याकेट निवेदनमाथि आज सुनुवाइ हुँदैछ ।
न्यायाधीश आनन्दमोहन भट्टराई र हरि फुयाँलको इजलासमा उक्त मुद्दा सुनुवाइका लागि पेशी तोकिएको छ । 

कर्णाली प्रदेशका प्रकाश ज्वाला,नन्दसिंह बुढा,कुर्मराज शाही र अमरबहादुर थापालाई एमालेले ह्वीप उल्लंघन गरेको भन्दै महाधिवेशन आयोजक कमिटीले कारवाही गरेको थियो । कारवाही विरुद्ध चारैजना प्रदेश सांसद सर्वोच्च गएपछि उक्त कारवाहीलाई सर्वोच्चले अस्वीकार गर्दै महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिने आदेश दिएको थियो ।  

उक्त आदेश एकतर्फी सुनुवाइका आधारमा दिएकाले खारेजीको माग गर्दै अध्यक्ष ओलीले आइतवार भ्याकेट निवेदन दिएका थिए । 
भ्याकेट निवेदनमा ओलीले एमालेको केन्द्रीय कमिटीलाई नै दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिमा परिणत गरेको भन्दै कारवाहीलाई मान्यता दिन माग गरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप