नारायणी नदीले डुबान र कटान गरेका क्षेत्रहरूको स्थलगत अनुगमनमा प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले मंगलबार बिहान आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतका नारायणी नदीले डुबान र कटान गरेका क्षेत्रहरूको स्थलगत अनुगमन गरेका छन् ।
भरतपुर महानगरपालिका वडा नं। २६ को सिसई क्षेत्रको अनुगमन गर्दै उनले नारायणी र राप्ती नदीको डुबान र कटानको समस्या स्थायी रूपमै समाधान गर्न आफुले यसको विस्तृत गूरूयोजना बनाई काम अगाडी बढाएको र आवश्यक बजेट सुनिश्चितताको लागि पहल गरिरहेको बताए ।
सो अवसरमा अध्यक्ष प्रचण्डले डुबानको पीडामा परेका स्थानीय समुदायलाई सुरक्षित रहन आग्रह गर्दै नारायणी नदीको बर्षेनी हुने डुबान र कटानको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । अनुगमनको क्रममा स्थानीयहरूले असार पहिलो हप्ता आएको बाढी र डुबानबाट भएको क्षतिको बारेमा अध्यक्ष प्रचण्डलाई जानकारी गराएका थिए ।
अध्यक्ष प्रचण्डले आफूलाई यस क्षेत्रका समस्याहरूको जानकारी भएको भन्दै नदी तटबन्ध र डुबानका साथै जंगली जनावरका कारण भइरहेको क्षति न्यूनिकरण गर्न आफुले अर्थमन्त्रीसँग आवश्यक बजेटका लागि कुरा गरिसकेको समेत बताए । आज नै यस सम्बन्धी भएका कामहरूका बारेमा अध्यक्ष प्रचण्डले जिल्ला प्रशासन कार्यालयमा सरोकारवाला कार्यालय प्रमुखहरुसँग छलफल समेत गर्ने भएका छन् ।
बाढीले भरतपुर महानगरपालिकाको वडा नं। ३ को दोभान चोक, वडा नं। १६ को झनझने र वडा नं। २६ को सिसईमा गरी २५० घर डुबानमा परेका थिए भने १ सय बिगाहा बढी खेतीयोग्य जमिन डुबानमा परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारका सरकार प्रमुखको सुरक्षा व्यवस्थाबारे जंगी अड्डामा छलफल
-
हिमाल जोगाउन विश्वलाई आह्वान गरिरहेका ती ‘दृश्य भाषा’
-
बालकुमारीमा रोयल इन्फिल्डको ट्रेनिङ सेन्टर स्थापना
-
सुँगुर पाल्न् महिलाले लाखौंको जागिर छाडेपछि...
-
ट्रेलरमा यस्तो देखियो अनमोलको ‘फर्की फर्की’
-
सुप्रिम सहकारी घोटाला प्रकरण : थुनछेक बहस सुरु हुँदै