ल्यापटप र मोबाइल चोरीमा संलग्न १ जना पक्राउ
ल्यापटप र मोबाइल चोरीमा संलग्न रहेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ जिल्ला विराटनगर महानगरपालिका-११ पिछडा टोल बस्ने २८ वर्षीय पप्पु सहनी छन् ।
उनलाई प्रहरीले उनकै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मान बहादुर राईले बताए ।
पक्राउ परेका सहनीले विराटनगर महानगरपालिका-११ स्थित पिछडा टोल बस्ने विकास गुरुङको घर कोठामा टेवुलमा राखिएको टोसिबा कम्पनीको ल्यापटप, सोही स्थान बस्ने मुनि देवि साहको घरबाट चाँदीको जस्तो देखिने पाउजु ४ जोर, भिभो कम्पनीको एक थान मोवाइल चोरी गरेका थिए ।
प्रहरीले सहनीको घरबाट अन्यत्रबाट चोरी गरी लुकाई राखेको Dtc लेखेको रातो रंगको सादा एउटा मोबाइल, Nyx लेखिएको कालो पहेँलो रंगको सादा एक थान मोबाइल, सुनको जस्तो देखिन झुम्का १ जोर, विभिन्न दरका नेपाली नगद दुई हजार आठ सय पन्चानब्बे रुपैयाँ, चाँदीको जस्तो देखिने बाला १ जोर, चाँदीको सिक्का १ थान, चाँदीको लकेट एउटा र भारतीय सिक्का एक थान बरामद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वभर किन बढ्दै छन् प्रोस्टेट क्यान्सरका बिरामी ?
-
इटालीका राष्ट्रपति माटारेलासमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
फेरि धरमरायो प्रचण्ड सरकार, गठबन्धन टिक्नेमा सत्ताधारी दलहरूलाई नै शङ्का
-
यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची
-
श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै
-
सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : विष्णु पौडेल