शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

थाहा अभियन्ता रुपचन्द्र विष्टप्रति श्रद्धाञ्जली

सोमबार, ०७ असार २०७८, २३ : २१
सोमबार, ०७ असार २०७८

रुपचन्द्र विष्ट स्मारक समिति नेपालले थाहा अभियन्ता रुपचन्द्र विष्टप्रति सम्पूर्ण जनमुखी सहकर्मीहरूको​ तर्फबाट श्रद्धाञ्जली अर्पण गरेको छ । विष्टको २२ औं स्मृति दिवसको अवसरमा स्मारक समितिका अध्यक्ष रामनारायण बिडारीले एक सार्वजनिक वक्तव्य जारी गर्दै श्रद्धाञ्जली अपर्ण गरेका हुन् ।

अध्यक्ष बिडारीले कोभिड रोगका कारण जारी निषेधाज्ञाका कारण कुनै सार्वजनिक कार्यक्रम गर्न सम्भव नभएको जनाउँदै सबैको तर्फबाट श्रद्धाञ्जली दिइएको बताएका छन् । विष्ट थाहा दर्शनका व्याख्याता मात्र नभई नेपालको राजनीतिक क्षेत्रमा विलक्षण प्रतिभा र असाधारण व्यक्तित्वको रुपमा स्थापित थिए ।

मार्क्सवाद र गान्धीवाद दुवैको प्रयोग उपयुक्त बेलामा गर्न सक्ने व्यक्तित्वबाट नै क्रान्तिकारी परिवर्तन सम्भव छ भन्ने उनको दृष्टिकोण थियो । मकवानपुरमा जन्मिएका उनको २०५६ साल असार ७ गते वीर अस्पतालमा निधन भएको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप