बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

गुल्मीमा असार १५ गतेसम्म निषेधाज्ञा

सोमबार, ०७ असार २०७८, २२ : ४९
सोमबार, ०७ असार २०७८

गुल्मीमा असार १५ गते  सम्मका लागि निषेधाज्ञा बढाइएको छ । सोमबार राती  १२ बजेदेखि असार १५ गते राती  १२ बजे सम्मका लागि जिल्लाभर निषेधाज्ञा जारी गरिएको हो ।  

सोमबार प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माद्वारा जारी निषेधाज्ञापत्र मार्फत १५ गते राती १२ बजे सम्मका लागि निषेधाज्ञा जारी गरिएको जनाइएको छ ।  निषेधाज्ञामा अटेरी गरे प्रचलित कानुनअनुसार कार्बाही गरिने समेत पत्रमा चेतावनी दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप