विदेशीलाई मात्र फाइदा पुग्ने काम गर्नुहुँदैन : बिजुक्छे

नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेपालको चुरे क्षेत्रको बालुवा, ढुंगा, गिटी अधिकांश भारतमा निर्यात गर्दा दोहन मात्र भई नेपाली भूमि डुबानमा परिरहेको बताएका छन् । भक्तपुर नगरपालिकाको दशौं नगरसभाको आज उद्घाटन गर्दै उनले नेपाल सरकारले विदेशीलाई मात्र फाइदा पुग्ने गरी कुनै पनि काम गर्न नहुनेमा जोड दिए ।
जनताको अमूल्य मतबाट विजयी जनप्रतिनिधिले जनअपेक्षा कार्य सम्पादन गर्नुपर्नेमा जोड दिँदै उनले नगरपालिकाको नीति तथा कार्यक्रममा ज्येष्ठ नागरिकको आदर निकेतन सञ्चालन गर्ने विषयमा जनस्तरबाट सुझाव र व्यापक छलफल आवश्यक रहेको औँल्याए ।
कार्यक्रममा नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आव २०७८/७९ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै जनताको आर्थिक सहयोगमा निर्माण भएको अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजन विभिन्न रोगबाट पीडित भक्तपुर नगरवासीका लागि २०७९ असार मसान्तसम्म निःशुल्क वितरण गरिने घोषणा गरे ।
उनले योजना छनोट र कार्यान्वयनमा स्थानीय तहको भूमिकालाई गौण बनाउँदै लगिएको र सशर्त बजेटका नाउँमा योजना छनोट गर्ने स्थानीय तहको अधिकारमा केन्द्र र प्रदेश सरकारले अंकुश लगाउँदै आएको आरोप लगाए । कार्यक्रममा वाग्मती प्रदेशसभाका सदस्य सुरेन्द्रराज गोसाईंले वाग्मती सरकारको नीति तथा कार्यक्रम सस्तो लोकप्रियताका लागि मात्र भएको आरोप लगाउँदै सत्ताधारी ठूला दलका नेता तथा कार्यकर्ताबीच पद, पैसा र कुर्सीका लागि हानथाप भई प्रदेश सरकारलाई बेकाम सावित गरिएको विचार राखे । नगरपालिकाका उपप्रमुख रजनी जोशी, भक्तपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष शिव मानन्धर, प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ र भनपा–९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले नीति तथा कार्यक्रम जनमुखी भएको चर्चा गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यविनायकमा पूजा गर्दै ‘माग्ने राजा’ को छायाङ्कन सुरु
-
नेतन्याहूले दक्षिणी सिरियालाई सैन्यमुक्त गर्ने सुझाव दिएपछि विरोध प्रदर्शन
-
५ अर्ब खर्चिंदा पनि शुद्ध भएन पोखराको पानी
-
महाशिवरात्रिको अवसर पारेर ‘कमेडी किड्स’को अडिसन खुला
-
सुनको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ?
-
अपाङ्गता भएका व्यक्तिलाई घरमै नागरिकता