बाख्राको मासुलाई खसी भनेर बिक्री गर्ने २ जना पक्राउ
सोमबार, ०७ असार २०७८, २१ : १५
रौतहटस्थित बाख्राको मासुलाई खसीको मासु भनेर बिक्री गरिरहेका २ जनालाई प्रहरीले पक्राउ गरेको छ । गौर नगरपालिका वडा नं १ गौर बजारमा बाख्राको मासुलाई खसीको मासु भनि बेचबिखन गर्ने २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा गौर नगरपालिका वडा नं ३ बस्ने वर्ष २४ को लाल मोहमम्द र वडा नं १ वस्ने वर्ष ३० का महमम्द नसिव रहेको रौतहट प्रहरी प्रमुख एसपी सिद्दीबिक्रम शाहले जानकारी दिएका छन । उनीहरुलाई अन्दाजी ३५ किलो बाख्राको मासुसहित नियन्त्रणमा लिई थप कारवाहीको लागी जिल्ला प्रशासन कार्यालयमा पठाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्युजिल्यान्डका प्रभावशाली ब्याट्सम्यान मार्टिन गप्टिलको सन्न्यास
-
‘प्रत्येक मुद्दामा सम्पत्ति शुद्धीकरण लगाइदिने सम्भावना बढ्ने देखिन्छ’
-
काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन
-
विकास सहायता नीतिमा अर्थ मन्त्रालयले गर्न खोजेको संशोधन के हो ?
-
कटहरियामा १२ हजार विद्यार्थी अर्धवार्षिक परीक्षाबाट वञ्चित
-
आन्ध्र प्रदेशको तिरुपति मन्दिरमा भएको भागदौडमा ६ जनाको मृत्यु