माधव नेपाल भन्छन् - ओलीको भ्याकेटमा जाने निर्णयले एकता भंगतर्फ गयो
नेकपा एमालेका नेता माधवकुमार नेपालले कर्णाली प्रदेशका सांसदको पुनर्बहालीविरुद्ध अध्यक्ष केपी शर्मा ओली पक्षले भ्याकेटमा जाने निर्णय गरेबाट एकता भङ्ग गर्ने दिशामा लग्न खोजिएको प्रस्ट भएको बताएका छन् ।
नेता नेपालले सोमबार सामाजिक सञ्जालमार्फत जिम्मेवार भएर पार्टी एकता बचाउन आफूहरू लचक भएर प्रस्तुत हुँदा समेत ओलीले त्यसलाई कमजोरीका रूपमा लिएजस्तो देखिएको जनाएका छन् । नेता नेपालले भनेका छन्, ‘कर्णाली प्रदेशका सांसद एवम् पार्टीका नेताहरूमाथि विधान विपरीत गरिएको कारबाहीलाई अदालतले उल्ट्याएपछि फेरि भ्याकेटमा जाने निर्णयबाट पार्टीलाई एकता भङ्ग गर्ने दिशामा लग्न खोजिएको प्रस्ट बुझ्न सकिन्छ । स्थायी समितिका नेतामाथि कथित कारबाही, फेरि उहाँहरूसँगै वार्ता पनि गर्ने दोहोरो चरित्रले विभिन्न शंका उब्जाएकै थियो । जिम्मेवार भएर पार्टी एकता बचाउन अधिकतम लचक भएर प्रस्तुत हुँदा त्यसलाई कमजोरीका रूपमा लिएको जस्तो देखियो ।’
उनले ओली सत्ता जोगाउन संविधानका विरोधी र दक्षिणपन्थी तत्वसँग आत्मसमर्पण गर्ने, एकताविरोधी हर्कतलाई जारी राख्ने कुराले एकताबद्ध पार्टी बनाउने प्रयासविरुद्ध लागेको आरोप पनि लगाउदै वार्ता गर्ने आफ्ना पक्षका नेताहरूलाई सावधान हुन भनेका छन् ।
‘सत्ता जोगाउन संविधानका विरोधी र दक्षिणपन्थी तत्वसँग आत्मसमर्पण गर्ने, एकताविरोधी हर्कतलाई जारी राख्ने कुराले एकताबद्ध पार्टी बनाउने प्रयासविरुद्ध को कुन रूपमा लागेको छ – सहजै देख्न सकिन्छ । असल नियतका साथ गरिएका अनौपचारिक वार्ता र सम्वादलाई रणनीतिका रूपमा प्रयोग गर्नेहरू र एकता विरोधी तत्त्वहरूसँग सावधान हुन सबैको ध्यानाकर्षण गर्न चाहन्छु’ नेपालको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

