बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देहीमा निषेधाज्ञा थप, निजी सवारी साधनमा जोर बिजोर प्रणाली

सोमबार, ०७ असार २०७८, १९ : २८
सोमबार, ०७ असार २०७८

रुपन्देहीमा निषेधाज्ञा एक हप्ता थप भएको छ । कोरोना संकट व्यवस्थापन समिति डीसीएमसीको सोमबार बसेको बैठकले असार १४ गते सम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । समयावधि थपिएसँगै निषेधाज्ञा केहि खुकुलो गराउँदै लैजाने निर्णय समेत भएको छ । बैठकले भोलिबाट सरकारी कार्यालयसहित निजी सवारी  साधन खोल्ने निर्णय समेत गरेको छ ।

नीजि सवारी साधनहरु जोर बिजोर प्रणालीअनुसार चल्ने र सरकारी कार्यालयहरु पनि स्वास्थ्य मापदण्डअनुसार सुचारु हुने गरि निषेधाज्ञा खुकुलो गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रशासकीय अधिकृत जनक थापाले बताए ।

उनका अनुसार बैठकले विवाहका लागि दुईवटा साना सवारी साधनमा बढीमा १० जनासम्म जन्ती जान पाइने नियम बनाएको छ भने सार्वजनिक भेला, महोत्सव, सभा, जुलुस लगायतका क्रियाकलाप सञ्चालन गर्न नपाइने यसअघिको निर्णयलाई निरन्तरता दिएको छ ।

त्यस्तै होटल, पार्टी प्यालेस तथा रेष्टुरेन्ट, सिनेमा हल, सेमिनार, तालिम, गोष्ठी सञ्चालन गर्न पनि रोक लगाइएको थापाले जानकारी दिए । सार्वजनिक सवारी साधन भने अझै खुला गरिएको छैन । बैशाख १६ गतेबाट यहाँ निषेधाज्ञा जारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप