हतियार देखाउँदै महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा युवा पक्राउ

दाङको लमहीमा धारिलो हतियार देखाउँदै लुटपाट र महिलामाथि जवरजस्ती करण गरेको आरोपमा १ जना युवा पक्राउ परेका छन् । घटनामा संलग्न अन्य २ जना युवा फरार रहेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।
पक्राउ पर्नेमा करिव २१ वर्षीय किरण बुढा रहेको प्रहरीले जनाएको छ । अन्य दुई जनाको खोजी कार्य भैरहेको छ । गएराति कमानपुरमा रहेको सिमेन्ट कम्पनी जाने बाटोमा अन्दाजी करिब १० बजेको समयमा एक टिप्परलाई रोकी ३ जना युवाहरुको समूहले धारिलो हतियार देखाउँदै टिप्पर चालकलाई लुटपाट गरि टिप्परमा रहेका चालकका श्रीमति र आफन्तलाई जवरजस्ती करणी गरेको पीडितको भनाई रहेको छ ।
‘हामी रोल्पाको होलेरीबाट सिमेन्ट कम्पनीका लागि कच्चा पदार्थ लिएर आएका थियौ। सिमेन्ट कम्पनीमा सामान झारेर लमही फर्कने क्रममा बाटोमा मोटर साइकल लिएर तेर्साए’–पीडित चालकले भने–‘त्यसपछि धारिलो हतियार देखाउँदै सुनका गरगहना ,मोबाइल र नगद ४५ हजार लुटे । र, महिलाहरुलाई जवरजस्ती गरे ।’
यता वडा प्रहरी कार्यलयका प्रमुखका अनुसार पीडित महिलाहरुले वडा प्रहरी कार्यालय लमहीमा दिएको जाहेरीका आधारमा एक जनालाई पक्राउ गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्ष अघि नै एमाले सांसदविरूद्ध पक्राउ पुर्जी जारी, पत्र घुमाएर आलटाल गर्दै प्रहरी
-
गभर्नर छनोट सिफारिस समितिबाट विश्व पौडेलले दिए राजीनामा
-
ज्ञानेन्द्रलाई निर्मल निवासमा नजरबन्द गरिएको हल्ला फैलिएपछि...
-
नबिल बैङ्कको बौद्ध शाखामा पाँचौँ प्रायोरिटी बैङ्किङ लाउञ्ज सुरू
-
बागमती प्रदेश सरकार र सिडिओलाई प्रेस सेन्टरले बुझायाे ज्ञापनपत्र
-
आइएमई ग्रुपको लगानीमा नवलपुरको मौलाकालीमा ‘इला होटल’ सञ्चालनमा आउँदै