शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशिक अस्पालमा सस्तोमा औषधि

सोमबार, ०७ असार २०७८, १५ : २५
सोमबार, ०७ असार २०७८

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले फार्मेसी सेवालाई थप विस्तार गरेको छ ।  अस्पतालले यसअघि रहेको दुई वटा फार्मेसी सेवासँगै आजदेखि नयाँ अन्तरङ्ग फार्मेसीको शुरुवात गरेको हो ।
 एक समारोहका बीच लुम्बिनी प्रदेशिक अस्पताल विकास समिति अध्यक्ष सूर्य बहादुर भट्टराईले फार्मेसीको उद्घाटन गरे । यससँगै अब अस्पतालमा आउने बिरामीले निजी औषधी पसलमा गएर महँगोमा औषधि किन्नुपर्ने बाध्यताको अन्त्य  भएको बताए । उनले अस्पतालमा आउने बिरामीलाई स्तरीय र सहज सेवा प्रदानका लागि अस्पतालले संकल्प गरेको बताए।

 अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा .राजेन्द्र खनालले  अस्पतालको आम्दानी स्रोत अहिले विमा र फार्मेसी बनेको बताए । लुम्बिनी प्रदेशिक अस्पतालका फार्मेसी अधिकृत पदम खनालले अस्पताल भित्र फार्मेसी  संचालन गर्दा  विरामी औषधी खरिदको लागि अन्यत्र जाने झन्झट हट्ने र सस्तो मुल्यमा औषधी पाउने दावी गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप