मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

बालिका हत्या गरेको आरोपमा २ जना पक्राउ

सोमबार, ०७ असार २०७८, १५ : १५
सोमबार, ०७ असार २०७८

गोठाला गएकी एक बालिकाको हत्या आरोपमा प्रहरीले दुई जनालाई आज नियन्त्रणमा लिएको छ ।  डाक्नेश्वरी नगरपालिका–३ हटेल बस्ने रामउदगार यादवकी छोरी नौ वर्षीया शिवानीकुमारीको हत्या आरोपमा सप्तरी प्रहरीले सोही ठाउँका १९ वर्षीय रोहितकुमार यादव र राजु यादवलाई नियन्त्रणमा लिएको हो ।

हँसियाले घाँटी काटेर हत्या गरिएका अवस्थामा गत शुक्रबार शिवानीको शव हटेल पुवरिया टोलस्थित फूलबारीमा फेला परेको थियो । शवको परीक्षण धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिबार भएको छ । यौन दुर्व्यवहारपछि हत्या गरेका आरोपमा रोहितलाई पक्राउ गरेपछि थप अनुसन्धानका लागि आज राजुलाई समेत सोधपुछ गर्न नियन्त्रणमा लिइएको सप्तरी प्रहरीले जनाएको छ । हत्याका मुख्य आरोपित रोहित भएको खुलिसकेको र सहयोगीहरु हुन सक्ने आशंकामा थप अनुसन्धान भइरहेको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप