शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

हुन्डाई ७ सिटर प्रिमियम एसयूभी ‘प्यालिसेड’ नेपालमा, मूल्य कति ?

सोमबार, ०७ असार २०७८, १४ : ५५
सोमबार, ०७ असार २०७८

काठमाडौं । हुन्डाई गाडीको नेपालका लागि आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ एसयूभी ‘प्यालिसेड’ गाडि नेपाल भित्र्याएको छ ।

कोरियन ‘प्यालिसेड’ ७ सिटर प्रिमियम एसयूभी हो । यो कार छिट्टैनै आधिकारीक रुपमा नेपालमा सार्वजनिक हुने कम्पनीले जनाएको छ । नेपाली बजारमा ‘प्यालिसेड’ २.२ लिटरको डिजल इन्जिन अप्सनमा आउने सम्भावना रहेको छ । जसले २०० पीएस पावर तथा १७५०–२७५० आरपीएम टर्क उत्पादन गर्नेछ।

यो एसयूभी ८ स्पीड अटोमेटिक ट्रान्समिसनमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। नेपाली बजारमा यो एसयूभीको शुरुवात मूल्य २ करोड रुपैयाँ पर्ने अनुमान गरिएको छ। नेपाली बजारमा यो एसयूभीको प्रतिस्पर्धा टोयाटाको फर्चुनर, मित्सुबिशी पजेरो र फोर्डको इन्डेभरसँग हुनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप