शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

झापामा पोखरीमा डुबेर एक पुरुषको मृत्यु

सोमबार, ०७ असार २०७८, १३ : ५४
सोमबार, ०७ असार २०७८

जिल्लाको अर्जुनधारा नगरपालिका ११ मा  पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान बस्ने बर्ष ४० को माइकल सोरेन रहेको प्रहरीले जनाएको छ । आइतबार करिब ५ बजेर ४० मिनेट जाँदा सोरेन पोखरीमा डुबेर बेपत्ता भएको स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए ।

जानकारी पाएलगत्तै श्रीनाथ गण चारआलीका क्याप्टेन प्रशान्त केसीको नेतृत्वमा १८ जना नेपाली सेना,  शनिश्चरे प्रहरी चौकी, बिपत ब्यवस्थापन कार्यालय चन्द्रगढी, इलाका प्रहरी कार्यालय अनारमनीका गरि करिब २० जना नेपाल प्रहरी र स्थानीयबासीले पौने १२ बजेसम्म खोजतलास गरेपनि लास फेला पार्न सकेको थिएन ।

पुनः ७ गते बिहानै देखि सोरेनको खोजी गर्दा बिहानको १० बजे लास फेला पारी पोस्टमार्टमको लागि मेची अस्पताल भद्रपुर पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले बताए ।  मृतक सोरेन अर्जुनधारा नगरपालिकाका मेयर हरी रानाको घरमा काम गरि उनकै घर नजिकै रहेको पोखरीमा माछा मार्ने क्रममा डुबेको प्रहरी कार्यालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप