शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

योगसम्बन्धी जान्नुपर्ने ८ तथ्य

सोमबार, ०७ असार २०७८, १३ : ४२
सोमबार, ०७ असार २०७८

आज विश्वभरि आठौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ । संयुक्त राष्ट्रसङ्घले सन् २०१४ मा प्रत्येक वर्ष जून २१ तारिखको दिन अन्तर्राष्ट्रिय योग दिवस मनाउने निर्णय गरेको थियो । २१ जून वर्षभरिकै लामो दिन भएकाले यसै दिन यो दिवस मनाउने निर्णय भएको हो ।

यहाँ हामीले योगसम्बन्धी जान्नैपर्ने ८ तथ्यहरु प्रस्तुत गरेका छौं–

१. आदि योगी भन्नाले भगवान् शिव हुन् भन्ने बुझिन्छ । उनले झण्डै १५ हजार वर्ष पूर्व योगको अभ्यास गरेर दुनियाँलाई उपहार दिएका थिए भन्ने धार्मिक विश्वास छ ।

२. भगवान् शिवले सर्वप्रथम योगको शिक्षा सप्तऋषिलाई दिएका थिए । सप्तऋषिमा कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, यमदग्नि र वशिष्ठ पर्छन् । पछि उनीहरूबाट नै लोकमा योगको परम्परा सुरु भएको मानिन्छ ।

३. योगेश्वर भन्नाले भगवान् कृष्णलाई बुझाउँछ । योगेश्वर भएकैले धराधाम छाडेर आफ्नो धाममा जाँदा पनि उनी जवान अवस्थामै थिए । जबकि त्यतिबेला उनको उमेर १२५ वर्षको थियो ।

४. योग सूत्रको प्रणेता महामुनि पतञ्जलि हुन् । उनले योग सूत्रमा अष्टाङ्ग योगको उल्लेख गरेका छन्, जसमा यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, ध्यान, धारणा र समाधि पर्छन् ।

५. महामुनि पतञ्जलिको योगसूत्रलाई योगदर्शन पनि भनिन्छ, जसमा चार अध्याय र १९५ वटा सूत्र छन् ।

६. योगको अर्थ जोड्नु हो । जुन माध्यमले वा तरिकाले जीवनलाई जगतसित अर्थात् प्रकृतिसित जोड्छ वा जोडिन्छ त्यही नै योग हो ।

७. योगको अनेक परिभाषा भेटिन्छन् । भगवान् कृष्णले गीतामा कर्मकुशलतालाई योग भनेका छन् । महामुनि पतञ्जलिले चित्तवृत्ति निरोधलाई योग भनेका छन् । 

८. सर्वप्रथम शल्यक्रियाको उल्लेख सुश्रुत संहितामा भएको पाइन्छ, जो आजभन्दा करिब तीन हजार वर्ष पुरानो मानिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप