बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘घर घरमा योग’ नाराका साथ योग दिवस मनाइयो

सोमबार, ०७ असार २०७८, १३ : १८
सोमबार, ०७ असार २०७८

‘घर घरमा योग’ नाराका साथ यस वर्षको सातौँ अन्तराष्ट्रिय योग दिवस मनाइएको छ ।  
काठमाडौंस्थित भारतीय राजदूतावासले आज ‘आजादका अमृत महोत्सव’ अन्तर्गत भर्चुअल माध्यममार्फत सो दिवसको आयोजना गरेको थियो । दूतावासस्थित स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रमा भएको कार्यक्रममा योगका विभिन्न आसनहरु देखाइएको थियो । योग गुरु लोकनाथ खनालले योगासन प्रस्तुत गरेका थिए 

योगको सन्देश र यसका फाइदाबारे सबैलाई सुसूचित गराउन योगका प्रचलित अभ्यासहरू टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिएको थियो । कार्यक्रममा योगाचार्य सुनील मानले ‘कोभिड–१९ को समयमा योगको औचित्यका’ बारे आफ्नो धारण राखेको दूतावासद्वारा जारी गरिएके विज्ञप्तिमा उल्लेख छ । 

दूतावासले भर्चुअलरुपमा निबन्ध लेखन र भिडियो ब्लगिङ्ग प्रतियोगिताको समेत आयोजना गरेको थियो । संयुक्त राष्ट्र संघको महासभाबाट सन् २०१४ मा मान्यता पाई सन् २०१५ देखि प्रत्येक वर्ष जुन २१ मा अन्तर्राष्ट्रिय योग दिवस मनाउँदै आइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप