पहिरोको उच्च जोखिमसँगै सात घर विस्थापित
सोमबार, ०७ असार २०७८, ०९ : १९
जिल्लाको खार्पुनाथ गाउँपालिका–३ कारङ्गा गाउँका सात घर परिवार पहिरोको उच्च जोखिम बढेसँगै बसाइँ सरेका छन् ।
कारङ्गामा बस्दै आएका २० घरधुरीमध्ये सात परिवार पहिरो खस्ने डरले आफन्तको घरमा बसाइँ सरेका हुन् ।
गाउँमाथि रहेको माटोे र ढुङ्गा खस्न थालेपछि एउटा घरको माथिल्लो तलामा क्षति पुगपछि बसाइँ सरेको हस्तबहादुर शाहीले गुनासो गरे ।
गाउँको माथिपट्टिको भिरमा ठुलो ढुङ्गा रहेको र त्यो खस्न थालेपछि सात घरधुरी उच्च जोखिममा परेपछि बसाइँ सरेका हुन् । भिरमा रहेको ठूलो ढुङ्गा आसपास क्षेत्रबाट ससाना ढुङ्गा खस्न शुरु भएको छ ।
बस्तीमाथिको जमीन भासिँदै गएपछि कारङ्गा गाउँ पहिरोको उच्च जोखिममा रहेको छ । लगातारको वर्षाले बस्तीभन्दा करिब १०० मिटरमाथि जमीन भासिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रीमण्डल १० सदस्यीय बन्दै, २ महिला राज्यमन्त्री बन्ने
-
आईपीएल क्रिकेट : को हुन् हैदराबादको हौसला बढाउने यी सुन्दरी ?
-
‘सजगतापूर्ण लचिलो मौद्रिक नीति ल्याउने राष्ट्र बैंकको अडान’
-
यस्तो छ ‘दान्भी’को पहिलो गीत ‘मायाको खानी’
-
प्रतिनिधिसभा बैठक आज नबस्ने, सूचना टाँस गरी स्थगित
-
तस्बिरमा हेर्नुहोस् ‘सवारी कथाहरू’