शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
पत्रपत्रिका

मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङ सुरक्षित

सोमबार, ०७ असार २०७८, ०६ : ४५
सोमबार, ०७ असार २०७८

सिन्धुपाल्चोकमा आएको बाढीपहिरोका कारण मेलम्ची खानेपानी आयोजनाको कतिपय संरचनामा क्षति पु¥याए पनि मुख्य सुरुङ भने सुरक्षित रहेको छ ।

“आयोजनाको संरचनामा क्षति पुगे पनि मुख्य सुरुङ मार्गमा भने क्षति पुगेको छैन”, मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले आयोजना स्थलसम्मको सम्पर्क बनाउन तत्काल कम्तीमा १० किलोमिटर सडक निर्माण र चारवटा बेलिब्रिज जडान आवश्यक रहेकाले त्यसतर्फ अध्ययन थालिने जानकारी दिए । मेलम्चीमा असार १ गते आएको बाढीले त्यस क्षेत्रमा व्यापक क्षति पु¥याएको छ ।

मेलम्ची बजारदेखि मुहानसम्मको दूरी १८ किलोमिटर छ । आयोजनाको काम सुचारु गर्न १८ किलोमिटर सडक पूर्ण रूपमा सञ्चालनमा आउनुपर्ने छ । बाढीले आयोजना स्थलसम्म पुग्ने प्रवेश मार्ग, आयोजनाको बाँध, अडिट सुरुङ, हेडवक्र्स, पुल तथा मुहानको संरचनामा क्षति पु¥याएको छ । 

काठमाडौँमा पानी वितरण रोकेर असार १ गतेदेखि सुरुङको परीक्षण कार्य सुरु गरिएका कारण पनि सुरुङ सुरक्षित भएको हो ।
बाढीले आयोजना स्थलसम्म पुग्ने प्रवेश मार्गमध्ये खण्ड–खण्ड गरी करिब १० किलोमिटर सडक र छवटा पुल बगाएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।

बाढीले सडक र पुलमा पु¥याएको क्षतिका कारण अहिले मेलम्ची आयोजना स्थलसँग नै सम्पर्क विच्छेद भएको छ । अहिलेसम्म हेलिकप्टरबाट मात्र आयोजना स्थलको निरीक्षण गरिएको पन्तले जानकारी दिनुभयो । लामो समयको प्रतीक्षा र कैयौँ उतारचढावलाई पार गर्दै चैत १० गतेदेखि काठमाडौँ उपत्यकामा मेलम्चीको पानी परीक्षणका रूपमा वितरण सुरु गरिएको थियो ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप